१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सांसद गुरुङद्वारा ४५ करोड विनियोजन

तनहुँ क्षेत्र नं १ ‘क’ को समष्ठीगत विकासका लागि चालु आर्थिक वर्षमा करिब ४५ करोड खर्च हुँदै छ। प्रदेशसभा सदस्य रामबहादुर गुरुङको पहलमा गण्डकी प्रदेशले मोटरेबल पुलका लागि करिब ३२ करोड रुपैयाँ र सडकमार्गका लागि १३ करोड रुपैयाँ गरी कूल ४४ करोड ८४ लाख रुपैयाँ विनियोजन भएको छ। पूर्वाधार विकास कार्यालय तनहुँमार्फत उक्त योजनाको लागि बजेट विनियोजन गरिएको गण्डकी प्रदेशसभा सदस्य गुरुङले बताए।

सात मोटरेबल पुल र १० वटा सडकमार्गका लागि उक्त बजेट विनियोजन गरिएको हो। उनले भने, “जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने गरी पाँच वर्षसम्म विकास निर्माणका कामलाई जोड दिइएको छ।” व्यास नगरपालिका–१ र ३ देउराली नगर जोड्ने बुल्दीखोला सडक पुल निर्माणका लागि अनुमानित नौ करोड ५० लाख रुपैयाँ, व्यास नगरपालिका–८ स्थित रिस्तीखोला मोटरेबल पुलका लागि चार करोड ८० लाख ९५ हजार रुपैयाँ र सोही खोलामा अर्को पुल निर्माणका लागि पाँच करोड तीन लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी बुल्दीखोला पुल निर्माण घाँसीकुवा व्यास–११ फराकचौरका लागि चार करोड रुपैयाँ, दमौली बीसघरे झापुटार चार करोड ५० लाख रुपैयाँ र गोरखा पालुङटार र भानु नगरपालिका जोड्ने मर्स्यांदी नदी सडक पुलका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ।

सडकमार्गलाई बजेट

प्रदेशसभा सदस्य गुरुङले भानुमार्गअन्तर्गत पर्ने चन्द्रावती, पोखरीछाप, पुलिमराङ–बाँसखर्क हुँदै ढाँडफेदीसम्मको लागि पाँच करोड रुपैयाँ विनियोजन भएको बताए। उनका अनुसार कालिमाटी, मानेचौका–कुन्छ सेतीबेंसी हुँदै सत्रसयसम्मको सडकलाई दुई करोड रुपैयाँ, भगवती, रङ्गपथ छिर्कान–मैबल बरभञ्ज्याङमार्गलाई एक करोड २५ लाख रुपैयाँ र अर्चलधारा लौडारी भञ्ज्याङ थानीथान सडकलाई एक करोड २५ लाख रुपैयाँ छुट्टाएको छ।

मादी, मर्स्याङ मोटरमार्ग–कलेस्ती गजौडे टुहुरेपसल–पाँचसय फाँट एक करोड रुपैयाँ र दरै पँधेरा सेवरको बगैँचा हुँदै कलेस्ती निस्कने मार्गलाई ५० लाख रुपैयाँ बजेट छ। त्यसैगरी बाराही रानीमार्ग व्यास–११ का लागि ५० लाख रुपैयाँ, श्रीकृष्णमार्ग व्यास–७ देखि भानु–१३ पोखरीछाप हुँदै मिर्लुङकोट जोड्ने मोटरमार्गलाई ५० लाख रुपैयाँ, कामी भञ्ज्याङ, लौडारीभञ्ज्याङ हुँदै भानुको दुदेकुना मोटरमार्गलाई ५० लाख रुपैयाँ र बाँके घलेछाप वीरेन्द्रमार्गलाई ५० लाख रुपैयाँ विनियोजन भएको प्रदेशसभा सदस्य गुरुङले जानकारी दिए।

लोकतान्त्रिक मूल्य मान्यतालाई जीवित राख्दै समृद्ध नेपालको सपना साकार बनाउन यस जिल्लाका सबै सांसदले सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले बताए। जनताका आधारभूत आवश्यकता सडक, बत्ती, पुल, खानेपानी, शिक्षा स्वास्थ्यलगायत क्षेत्रलाई प्राथामिकतामा राखेर यस क्षेत्रमा काम गरिएको छ। रासस

प्रकाशित: २१ मंसिर २०७७ ०१:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App