७ वैशाख २०८१ शुक्रबार
समाज

चालू आर्थिक वर्षमा बाढीपहिरोमा परी १९ जनाको मृत्यु

कर्णालीमा बाढी, पहिरो र हिमपहिरोमा परी १९ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । चालू आर्थिक वर्षमा बाढी, पहिरो र हिमपातमा करिब दुई अर्ब ६३ करोड १९ लाख २३ हजार दुई सय सात रूपैयाँ बराबरको धनजन क्षति भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीमा परेर तीनजनाले ज्यान गुमाएका छन् भने १८ जना घाइते भएका छन् । पहिरोमा परेर १५ जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन् । हिमपहिरोमा एकजनाको मृत्यु र एकजना घाइते भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार चार सय ४० वटा घरमा क्षति पुगेको छ । सबैभन्दा बढी एक सय ५१, दैलेखमा १७, कालीकोट आठ, जुम्ला ३०, हुम्लामा २३, डोल्पामा १४, जाजरकोटमा ७०, सल्यानमा २७ र रुकुम पश्चिममा एक सयवटा घरमा क्षति पुगेको छ । मुगुमा भने पहिरोले घरमा क्षति नपुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

कर्णाली पहाडी र हिमाली क्षेत्र भएकाले यहाँ धेरै बाढी पहिरो जाने गर्छ । पछिल्लो समय जथाभावी सडक निर्माण गर्न पनि गाउँबस्तीहरु पहिराको जोखिममा छन् । कर्णालीका एक हजारभन्दा बढी घर अहिले पहिरोको जोखिममा रहेको यहाँका प्रमुख जिल्ला अधिकारीहरूको भनाइ छ ।

प्रकाशित: २४ असार २०७७ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App