१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महाराष्ट्रमा मुख्यमन्त्रीका आकांक्षी धेरै हुँदा भाजपालाई छान्नै सकस

भारतीय जनता पार्टी (भाजपा) ले महाराष्ट्र विधानसभा चुनावमा शानदार जित हासिल गरे पनि चार दिन बितिसक्दा मुख्यमन्त्रीको नाम तय गर्न सकेको छैन। भाजपाले आज पर्यवेक्षक पठाउने निर्णय गरेको छ, जसले विधायकसँग छलफल गरेर मुख्यमन्त्रीको नाम घोषणा गर्ने जनाइएको छ।  

मंगलबार महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले राज्यपाल सीपी राधाकृष्णनलाई राजीनामा बुझाएका थिए। शिन्दे २८ जून २०२२ देखि २६ नोभेम्बर २०२४ सम्म मुख्यमन्त्री रहेका थिए। विधानसभाको कार्यकाल मंगलबार समाप्त भएपछि नयाँ मुख्यमन्त्रीको सपथ नहुँदासम्म शिन्दे कार्यवाहक मुख्यमन्त्रीका रूपमा कार्यरत रहनेछन्।

केही सञ्चारमाध्यमका अनुसार, देवेन्द्र फडणवीसको नाम मुख्यमन्त्रीका लागि लगभग फाइनल भएको छ। यदि फडणवीस मुख्यमन्त्री बने भने, नयाँ सरकारमा पहिले जस्तै दुई उपमुख्यमन्त्री हुने सम्भावना रहेको छ। एनसीपी का अजित पवार र शिव सेनाका शिन्देले नयाँ विधायकको नाम अगाडि बढाउन सक्छन्।

स्रोतका अनुसार, नयाँ सरकारको एजेण्डा तय गर्न तीन दलको समिति गठन गरिने सम्भावना छ, जसको अध्यक्ष एकनाथ शिन्दे हुन सक्नेछन्। 

प्रकाशित: १२ मंसिर २०८१ १०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App