कपिलवस्तुमा ५ हजार बढीले गरे सामूहिक छठ पूजा
तराई र मुलुकका विभिन्न भागमा हर्सोल्लासका साथ छठ पर्व मनाइएको छ।
तराई र मुलुकका विभिन्न भागमा हर्सोल्लासका साथ छठ पर्व मनाइएको छ।
छठ पर्वको आज अन्तिम दिन ब्रतालुहरु उदाउँदो सुर्यलाइ अर्घ्य दिएर छठ पर्व समापन गरेका छन।
विराटनगरको सिंघिया नदिका घाटहरू र किनाराहरू सजाएर झकिझकाउ पारिएका थिए।
छठ पर्व परिवार भक्तपुरको अगुवाईमा भक्तपुर नगरपालिक वडा नम्वर १० स्थित कमलविनायकस्थित कमलपोखरीमा भएको छठ पर्वका तराईबासीका साथै स्थानीयहरु पनि हर्षाेल्लाकासाथ सहभागी भएका थिए।
तिहारलगत्तै भित्रिएको ‘छठ पर्व’को तयारीका लागि सदरमुकाम गाईघाट नजिकको त्रियुगा नदी र आसपासका खोला खहरेहरु दुलहीझैँ सिंगारिएका छन्। पछिल्लो समय ‘साझा चाड’ मा रुपान्तरण हुँदै गएको छठ मनाउने भक्तजनलाई सुविधा र सहज पुजा आराधना गराउन गाईघाट आसपासका त्रियुगा, बरुवा, लुहाले र ठाडी खोला किनारमा व्यवस्थित घाट निर्माण गरिएको छ।
छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अघ्र्यकारूपमा चढाउने परम्परा छ। छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुनेहुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए।
‘खरना’ भनिने यो अनुष्ठानपछि पहिले व्रतालुले प्रसाद ग्रहण गर्छन्। त्यसपछि परिवारजन एवं छरछिमेकलाई बाँडछन्। व्रतालुहरुले शनिबार साँझ खरनाको प्रसाद ग्रहण गरेपछि आइतबार दिनभरि निर्जल निराहार व्रत लिएर साँझ अस्ताउँदै गरेको सूर्य र सोमबार बिहान उदाउँदो सूर्यको उपासनापछि प्रसाद खाएर मात्र व्रत तोड्ने छन्।
सूर्य भगवानको पूजाआजा गरी अत्यन्त निष्ठापूर्वक मनाइने यो पर्वको आज दोस्रो दिन खरना मनाइँदैछ। भोली छठ पर्वको मुख्य दिन हो। यस अवसरमा छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने सोमबार (पर्सी) उदाउँदो सूर्यलाई अर्घ दिइन्छ।
‘हामीले छठ मनाउन पाउँ भनेर यो पत्रकार सम्मेलन राखेका हौं। खोली दिए धेरै राम्रो हुन्थ्यो। असनमा बस्नेहरुलाई छठ मनाउन सजिलो हुने भएकाले हामीले महानगरपालिकालाई रानी पोखरी उपलब्ध गराउन फेरी पनि विनम्र अनुरोध गर्दछौं।’
छठ पर्व सुरु भएसँगै तराईका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ। कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत्मा रुपमा सुरु भएसँगै चहलपहल पनि बढेको हो।
मैथिली पहाडी र अवधी समुदायलाई यो पर्वले जोडेको छ। केही बर्ष अघि सम्म पूर्वी तराईका केही जिल्लाहरुमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ।
सूर्यको उपासनासँग सम्बन्धित छठ पर्व यस वर्ष शुक्रबारदेखि सुरु भएको छ। यो मात्र एउटा यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ दिएर मात्र पूजा सम्पन्न हुन्छ।
सूर्यलाई आदि–देवता पनि भनिन्छ। मानव मात्रको उदय भएपछि सर्वप्रथम उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने, रोगव्याधिबाट जोगाउने सूर्य नै हुन्। तत्पश्चात् सूर्य आराधनाको क्रम सुरु भयो।
सूर्यदेवको आराधना, उपासना र पूजा गरेर मनाइने यो पर्व पूरा नहोउन्जेलसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि उपभोग गर्दैनन्। आज चतुर्थीका दिनलाई अरबाइन वा अरबा भनिन्छ। मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन्। विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित यो पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा पनि मनाउन थालिएको हो।
पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्। ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ।