१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरमा छठको रौनक, पुजाको सम्पूर्ण तयारी पुरा

छठका लागि त्रियुगा घाट जान बनाइएको प्रवेशद्वार। तस्विरः महेश्वर

तिहारलगत्तै भित्रिएको ‘छठ पर्व’ को तयारीका लागि सदरमुकाम गाईघाट नजिकको त्रियुगा नदी र आसपासका खोला खहरेहरु दुलहीझैँ सिंगारिएका छन्। पछिल्लो समय ‘साझा चाड’ मा रुपान्तरण हुँदै गएको छठ मनाउने भक्तजनलाई सुविधा र सहज पुजा आराधना गराउन गाईघाट आसपासका त्रियुगा, बरुवा, लुहाले र ठाडी खोला किनारमा व्यवस्थित घाट निर्माण गरिएको छ।

छठलाई भव्य र सभ्यरुपमा मनाउन गठित ‘त्रियुगा छठ पुजा व्यवस्थापन समिति उदयपुरले नदी किनारको सरसफाईसँगै घाट निर्माण, मञ्च व्यवस्थापन र पुजा सामग्रीसमेतको जोहो गरेको छ। जस अनुसार त्रियुगा नदी किनारमा मात्र झण्डै ५ सयवटा स्टलसहितको घाट निर्माण तयारी अन्तिम चरणमा पुगेको पुजा व्यवस्थापन समितिका सल्लाहकार संयोजक राजकुमार शर्माले बताए।

उनका अनुसार हरेक वर्षझैं यस पटक पनि गाईघाटबासीलाई सहज र सुरक्षित छठ पुजा गर्न र जाग्राम बस्न त्रियुगा नदी किनारामा व्यवस्थित घाट निर्माण गरिएको हो। आईतबार साँझ अस्ताउदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी पुजा आराधना गर्दै बतिाउने तथा सोमबार विहान उदाउदो सूर्यको उपासना गर्न सुरक्षित घाट बनाइएको हो। आईतबार साझदेखि पुजा आराधना सुरु हुने भएकाले घाट व्यवस्थापन लगायत सबै तयारी पुरा भएको शर्माले बताए।

छठ पर्वकै तयारीका लागि त्रियुगा बसपार्कनजिकको नदी किनार सरसफाई गरी दुलहीझैँ आकर्षक रुपमा सजाइएको छ। घाट निर्माण गरिएको ५० मिटर उत्तरपूर्वमा औपचारिक कार्यक्रम गर्न मञ्च निर्माण गरिएको छ, जहाँ जनप्रतिनिधि र भद्रभलाद्मीलाई आतिथ्य ग्रहण गराएर मन्तव्य व्यक्त गर्नेदेखि सांस्कृतिक गायन र नृत्य प्रतियोगितासम्मका कार्यक्रमहरु प्रस्तुत हुने कार्यतालिका छ। स्टलभन्दा केही टाढा सार्वजनिक शौचालय बनाइएको छ भने बाँकी खाली ठाउँमा व्यापारिक स्टल राख्नका लागि बगर सम्याएर व्यवस्थित गरिएको छ।

घाट जानका लागि बसपार्कमै आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ भने घाटकाे बीचमा छठी माताको मन्दिर बनाइएको छ। घाट जान–आउन दोहोरो लेनको बाटो बनाइएको छ। त्रियुगामा वर्षेनी भक्तजनको बृद्धि हुदै गएकाले हरेक वर्ष घाटमा स्टल पनि बढाउदै लगिएको पुजा समितिका अर्का पदाधिकारी सन्तोष रौनियारले बताए।

साझदेखि पुजा सुरु हुने भएकाले सामान्य प्राविधिक कामवाहेक सबै तायरी पुरा भईसकेको पुजा व्यवस्थापन समितिका अध्यक्ष चन्दनकुमार साहले बताए। उनले घाट व्यवस्थापन, मुर्ति स्टला, साँस्कृतिक कार्यक्रम गर्न मञ्च, स्टलहरु तथा मुख्य र सहायक प्रवेशद्धार बनाईसकिएको छ। अव स्टलहरमा विद्युत र र बत्ती जडा गर्न र साउण्ड सिस्टम राख्न मात्र बाँकी रहेको छ। गतवर्षभन्दा व्यवस्थित रुपमा छठट मनाउनका लागि यो वर्ष थप उत्कृष्ट व्यवस्थापन गर्ने प्रयास समितिले गरेको साहले बताए।

कात्तिक १३ गते अर्थात आईतबार त्रियुगा नदी किनारामा अस्ताउँदो सुयलाई अर्घ दिई रातभर जाग्राम बसेर पुजाआरधना गरिने छठ पुजाका लागि करिव पाँच सय मिटर जग्गामा घाट व्यवस्थापन गरिएको समितिका सल्लाहकार संयोजक अध्यक्ष राजकुमार शर्माले जानकारी दिए। घाटमा एक हजार बढिले पुजा गर्न सकिने उनले बताए।

साहले घाटमा व्यापारिक स्टल १० वटा, एउटा मुर्ति स्टल, एउटा मञ्च कार्यक्रम स्टल र बाँकी सबै पुजा स्टल निर्माण गरिएको बताए। यसवर्षको छठमा लोकसंस्कृति झल्कने खालका गीतहरुमा खुल्ला नृत्य र गायन प्रतियोगिता आयोजना गर्ने तयारी छ। त्यस्तै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम र छठमा योगदान गर्नेहरुलाई सम्मान कार्यक्रम पनि तय गरिएको साहले बताएका छन्।

यता छठको रौनकले पुरै गाईघाट बजार भरिएको छ। बजारका चोकचोकका छठमा प्रयोग हुने, उखु, केराको थम्बा, अदुवा र बेसारका बोट, नरिवल, माटाका पाला, ससाना मुर्ति, छोकडा लगायत सामग्री बग्रेल्ती बेच्न राखिएको छ। छठकै सामग्रीले भरिएर दसैं अघि सडक पेटीबाट फलफुल र फुटपाथ व्यापार हटाउने त्रियुगा नगरपालिकाको निर्णय सबै उल्लंघन भएको छ। छठ पूजाका सामग्री र फलफूलको व्यापार बजारभरी फैलिएको छ।

छठमा चाहिने सामग्री स्थानीय उत्पादनले नपुग्ने भएपछि बाहिर जिल्ला र भारतीय बजारबाट मगाउनुृ परेको व्यापारीहरु बताउँछन्। खासगरी खम्बा र घरीसहितको केरा, नरिवल, बोटसहितको अदुवा र बेसालगायत पूजा सामग्री सुनसरीको भन्टावारी, इनरुवा, त्रिवेणी, सप्तरीको भारदह र सीमा नाका जोडिएका भारतको बिहार, हांजीपुर, पश्चिम बंगाल, ठाकुरगंज तथा वीरपुरबाट ल्याउनु परेको छठ पुजा समितिका सल्लाहकार राहुल  यादवले बताए।

नुहाएर पवित्र भई केही खाना खाएर सुरु गर्ने छठको दोश्रो दिन ब्रतालुहरु दिनभर खाली पेट (उपवास) बसेर राति गुलियो पुरी, खीर, नुन नहालेको तरकारी खाने (षडना) प्रचलन छ। सपरिवगार षडना प्रसाद खाएर रातभर निराहार ब्रत बस्ने, भोलिपल्ट साँझ अस्ताउँदो सूर्यको पूजा गर्दै चौथो दिनको विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ समाप्त हुने यादवले बताए।

प्रकाशित: १३ कार्तिक २०७९ ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App