१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मधेसमा ‘भरदुतिया’ पर्व उल्लास

‘गंगा नोतय छैथ यमुना के, हम नोतय छी भाई कें जहिना जहिना गंगा–यमुना केँ धार बहय, तहिना हमर भाय सबहक औरदा बढ्य’ आफ्नो दाजुभाइको दीर्घायुको कामना यसरी नै गर्दै दिदीबहिनीले यो पर्व मनाउने गर्छन्।

‘देउसी–भैलीमा न मौलिकता छ, न सिर्जना नै’

हिमाली जिल्लामा यसअघिका देउसीभैलीमा मादल, बाँसुरी, खैंजडी, घुघुरालगायतका बाजा प्रयोग गरिन्थ्यो। यमराज र बहिनी यमुनासँग जोडिएको इतिहास भट्याइन्थ्यो। विडम्बना १ अचेल खेलिँदै आएको देउसीभैलीमा भैलेराहरू डिजेगीत सङ्गीतमै झुम्मिएको पाइन्छ। देउसीमा र्‍याप, पपजस्ता गीत गाइनुले सिर्जना फिटिक्कै देखिँदैन।

माटो परीक्षण गर्न कृषकको आनाकानी

'माटो परीक्षण हुन्छ भन्ने त थाहा थियो, त्यही पनि खै अरूले माटो लगेको देखेको छैन, मैले पनि लगेको छैन। अन्न फल्नै छाडे त के भयो भनेर खोजी हुने थियो होला”, उनले भने, “बरु अब एकचोटी लगेर देखाउन पर्ला। यहाँको जमिनमा राम्रो उत्पादन हुने भएकाले पनि यतातिर परीक्षणमा खासै कसैको रुचि देखिन्न।'

मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै

मैथिल परम्पराको ‘भैयादुज’ पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन छ। विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन्। पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो)ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन्।

आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

'विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदी–बहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी–बहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ',

चाडपर्वका लागि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व (दशैं तिहार र छठ) मा शान्ति सुरक्षाका लागि प्रदेशभर ४ हजार १ सय ४१ प्रहरी प्रत्यक्ष परिचालन गरेको छ। मातहतका दश जिल्लामा ११ प्रकारका चाडपर्व सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर ४ हजार बढी प्रहरी परिचालन भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो।

उपराष्ट्रपति पुनद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

नेपाल पर्वतारोहण संघद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा निर्माण गरी सञ्चालनमा आएको सङ्ग्रहालय भवनभित्र विभिन्न चार कक्षअन्तर्गत १२ उपकक्षमा सङ्ग्रहित सामग्री प्रदर्शनमा राखिएको छ।

मखमलीले मगमगाएको गुन्डुः छैन बजारको चिन्ता

बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउन यता स्थानीयहरुको दिनचर्या बनेको छ। किसानहरु एक/अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन्।

एक दिन मात्रै खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी सोमबार राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिएको थियो।

नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन

चाडपर्वको बेलामा बजारमा कृतिम मूल्यवृद्धि, म्याद नाघेका सामानको बिक्रीलगायत गुणस्तरहीन सामानसमेत बिक्री गरिने हुँदा अनुगमनलाई तीव्र पारिएको छ। उपभोक्ताले हानिकारक मिसावटयुक्त खाद्य वस्तु खान नपरोस् भन्ने उद्देश्यले अनुगमन गरेर व्यापारीलाई सचेत बनाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए।

पर्वत अस्पतालमा डेङ्गु परीक्षण गर्न कीट अभाव

अस्पतालमा कीट अभाव हुँदा डेङ्गुका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन्।

मधेसमा मौलिक पर्वको उल्लास, दशैँमा झिझियाको रौनक

हिन्दुहरुको महान चाड वडादशैँको घटस्थापना सँगै मधेसका गाउँघरमा अहिले मैथिली भाषाको उक्त सुरिलो गीतमा महिलाहरु नाचेको र झुम्ने कार्यलाई भिझिया भनिन्छ। नृत्यसँगै गाइरहेने मैथिलि भाषाको गीतमा बोक्सीलाई गाली गर्ने गरिन्छ। बोक्सीलाई गाली गर्नाले उनीहरुको मारक क्षमतामा कमी आउँने र बालबच्चाको सुरक्षा हुने जनविश्वास रहि आएको छ।

यस्तो छ, ‘चाडपर्व लक्षित बजार अनुगमन र सुरक्षा योजना’

वस्तु र सेवा प्रदायक उपभोक्ताप्रति इमान्दार नबन्दा बजारमा एकातिर कालोबजारी र महँगी मौलाएको छ भने अर्कोतर्फ बजार अनुगमन गर्ने निकायको प्रभाविकारिता पनि नदेखिएको उपभोक्ता अधिकारकर्मीको गुनासो छ।

दुग्ध विकास संस्थानद्धारा चाडपर्वका अवसरमा उपभोक्तालाई छुट

'उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विस २०७९ भदौ १६ गते बसेको दसैँ, तिहार र छठलगायतका नेपालीका ठूला चाडपर्वलाई लक्षित गरी सामानमा छुटको व्यवस्था गर्ने निर्णयअनुसार संस्थानले उक्त सामानमा छुटको व्यवस्था गरेको हो', अधिकारीले भने।

चाडपर्वमा दुर्घटनाकै पिरलो

मुलुकमा दसैं, तिहार, छठजस्ता चाडपर्वको समय सुरु भएको छ। हिन्दु धर्मावलम्बी बाहुल्य नेपाली समाजलाई दसैंको हर्षोल्लास र खुसियालीले छोइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्