४ वैशाख २०८१ मंगलबार
समाज

चाडपर्वका लागि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

दैलेखको गुरासेमा चाडपर्वमा यात्रुहरुको गुनासो सुन्दै ट्राफिक प्रहरी। तस्विर: नागरिक

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व (दशैं तिहार र छठ) मा शान्ति सुरक्षाका लागि प्रदेशभर ४ हजार १ सय ४१ प्रहरी प्रत्यक्ष परिचालन गरेको छ। मातहतका दश जिल्लामा ११ प्रकारका चाडपर्व सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर ४ हजार बढी प्रहरी परिचालन भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो।

तस्करी तथा लागुऔषध नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहित चेकजाँच भईरहेको छ। पटका तथा विस्फोटक पदार्थको आयात, विक्रिवितरण तथा प्रयोगमा रोक लगाउन प्रदेशभरीका प्रहरी कार्यालयमा विशेष सुचना पठाईएको जनाईएको छ। चाडपर्वको अवसरमा घर, बस्ने कोठा छाडी अन्यत्र जाँदा चोरी हुने सम्भावना विगतका वर्षमा बढी हुने भएकाले घर कोठा छाडी अन्यत्र जाँदा प्रहरीलाई जानकारी गराउन तथा चोरीको घटना नियन्त्रण गर्न सचेतनामुलक कार्यक्रम समेत प्रहरीले गरेको छ। सवारी साधनमा यात्रुसँग बढी भाडाँ असुल गर्ने, दुव्र्यवहार गर्ने, क्षमता भन्दा बढी यात्रु राख्ने तथा ट्राफिक नियम उल्लङघन गर्ने सवारी साधनलाई कारवाहीको दायरामा प्रहरीले ल्याएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए।  

 यो अवधिभर कर्णाली प्रदेशमा तत्काल प्रतिक्रिया टिम (क्यूआरटी) परिचालन १ सय २५ वटा, नियमित चेक प्वाइन्ट ३१ स्थानमा, आकस्मिक चेकिङ आवश्यकता अनुसार, ट्राफिक सहितको संयुक्त चेकिङ ५३ स्थानमा, चोरी, तस्करी, लागु औषध कारोबार लगायतका अवैध गतिविधी नियन्त्रण चेकिङ १८ स्थानमा, झैझगडा, जुवा तास,चोरी लुटपाट,मापसे नियन्त्रण ८६ स्थानमा, मोबाइल गस्ती र पैदल गस्ती २ सय ६५ स्थानमा, आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थलहरुको सुरक्षा तथा बजार अनुगमन ७५ स्थानमा, कर्डन सर्च एण्ड एम्बुस १० स्थानमा, विशेष चेकिङ ९ स्थानमा, लामो दुरिको सवारी चेकिङ ९२ वटा, चालकको व्यवस्था, १८ स्थानमा र नागरिक सहायता कक्ष २६ स्थानमा गरिने प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाईएको छ। कर्णाली प्रदेशका दश जिल्लाका प्रमुखहरु मार्फत मातहतका कार्यालयहरुबाट चाडपर्व सुरक्षा योजना कार्यान्वयन भईरहेको जनाईएको छ।

प्रकाशित: ३ कार्तिक २०७९ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App