७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

दुग्ध विकास संस्थानद्धारा चाडपर्वका अवसरमा उपभोक्तालाई छुट

दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ।संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्ष रहेका स्थानमा दुग्ध पदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो।

संस्थानका सूचना अधिकारी एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले दशैं, तिहार तथा छठपर्वको अवसरमा डिडिसी घ्यूमा ५० रूपैयाँ, पनिरमा २० रूपैयाँ, चिज (सबै)मा २० र दहीमा १० रूपैयाँ सहुलियत प्रदान गरिएको राससलाई जानकारी दिए।

'उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विस २०७९ भदौ १६ गते बसेको दशैं, तिहार र छठलगायतका नेपालीका ठूला चाडपर्वलाई लक्षित गरी सामानमा छुटको व्यवस्था गर्ने निर्णयअनुसार संस्थानले उक्त सामानमा छुटको व्यवस्था गरेको हो', अधिकारीले भने।

उपभोक्ताले असोज १ देखि कात्तिक १५ गतेसम्म उक्त सामान खरिद गर्दा छुट पाउनेछन्। प्रवक्ता अधिकारीका अनुसार हाल देशभर दैनिक एक लाख लिटर दूध तथा दही बिक्रीवितरण हुँदै आएको छ। उपभोक्ताको माग भने दैनिक एक लाख ३० हजार लिटर रहेको उनको भनाइ छ।

प्रकाशित: १३ आश्विन २०७९ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App