२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रशान्त किशोरको नाम लिएर एमाले नेताले भने : काठमाडौंमा रास्वपाले एक सिट पनि जित्दैन

नेकपा एमालेका युवा नेता अब्दुस मियाले आगामी निर्वाचनमा काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सिट पनि नजित्ने दाबी गरेका छन्। 

सामाजिक सञ्जाल एक्समा उनले रास्वपाको हालत अरविन्द केजरीवालको आम आदमी पार्टी र प्रशान्त किशोरको जन सुराजजस्तो हुने दाबी गरेका हुन्।

उनले लेखेका छन्, ‘रास्वपाको हालत यसपटक दिल्लीमा आम आदमी पार्टी र बिहारमा प्रशान्त किशोरको जस्तो हुन्छ। मेरो आंकलन छ, यसपटक रास्वपाले काठमाडौं उपत्यकामा एक सिट पनि जित्दैन।’ 

उनले अगाडि लेखेका छन्, ‘हामीलाई देश निर्माणको भिजन बोक्ने नेताहरू चाहिएको छ, युवाहरूलाई प्रहरीसँग मुठभेड गराएर ज्यान लिने र आफ्नै सार्वभौमसत्ता सम्पन्न देशमाथि पेट्रोल बम आक्रमण गर्ने गोबरल्वाँठहरू होइन।’

बिहारमा वैकल्पिक शक्तिका रुपमा हेरिएको जन सुराजले सन् २०२५ को विधानसभा निर्वाचनमा खराब प्रदर्शन गरेको थियो। सामाजिक सञ्जालमा चर्चित भए पनि नतिजा एकदम ‘खराब’ आएको थियो। राजनीतिक रणनीतिकार समेत रहेका प्रशान्त किशोरको पार्टीले राज्यभर एक सिट पनि जित्न सकेको थिएन।  

प्रकाशित: ११ माघ २०८२ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App