रौतहटमा अक्सिजनको कमीले बिरामी मर्न दिँदैनौं: प्रहरी उपरीक्षक शाह
देशभर कोभिडका बिरामीलाई अक्सिजनको हाहाकार भइरहेको समयमा रौतहट प्रहरीले कोभिडका विरामीलाई अक्सिजनको कमी हुन नदिने बताएको छ।
देशभर कोभिडका बिरामीलाई अक्सिजनको हाहाकार भइरहेको समयमा रौतहट प्रहरीले कोभिडका विरामीलाई अक्सिजनको कमी हुन नदिने बताएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड महामारी नियन्त्रणमै रहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार अमेरिकी सञ्चार संस्था सिएनएनसँगको कुराकानीमा दाबी गरेका हुन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको अवस्थाबारे अद्यावधिक गर्दै शनिबार कोभिड संक्रमण घटेको जनाएको छ।
कोभिड–१९ को संक्रमण बढ्दै गएपछि जिल्ला समन्वय समिति ताप्लेजुङले तिब्बतको डिङ्जी काउन्टी सरकारसँग कोरोना नियन्त्रणका सामग्री माग गरेको छ।
कोभिड–१९ को संक्रमण बढ्दा थपिएको समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरिरहेको छ।
शुक्रबार बिहान ९ बजेदेखि वीर अस्पतालको नयाँ भवनमा युवाहरू कोभिड वार्ड व्यवस्थापन गर्न जुटेका छन्। सरकारले आइतबारसम्म वीरको नयाँ भवनमा कम्तीमा सय बेडसहितको कोरोना अवार्ड सञ्चालन गर्ने तय गरे पनि जनशक्ति अभावका कारण ढिलाइ भइरहेको भन्ने सन्देश युवा जमातले थाहा पाएपछि उनीहरू स्वतःस्फूर्त रूपमा इन्स्टाग्रामबाट सन्देश प्रवाह गरी मंगलबारदेखि जम्मा भएका थिए।
बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभावकै कारण अस्पतालले बुधबार साँझदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकिरहेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले सञ्चालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि सरकारले ध्यान नदिँदा जनताले अस्पताल खोज्दाखोज्दै एम्बुलेन्समा ज्यान गुमाउने अवस्था आएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका देउवाले शुक्रबार विज्ञप्ति जारी गर्दै पर्याप्त समय हुँदाहुँदै पनि सरकारले जनताप्रतिको न्यूनतम जिम्मेवारी बोध नगरेको आरोप लगाएका छन् ।
जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै पाउन नसकेपछि पोखरामा खालि भएको सुनेर उतै जाने तयारी पनि गरे तर श्वास–प्रश्वासमा बाधा भएकाले उनलाई पोखरासम्म लैजान सजिलो थिएन । सहेरै राजधानीको एक निजी अस्पतालमा बसिरहे ।
जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले कोभिड एम्बुलेन्स व्यवस्थापनको लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् ।
अक्सिजन अभाव भएपछि कोभिड १९ का बिरामीहरुको उपचार गर्दै आएको भैरहवाको भिम अस्पालले पनि बिरामी भर्ना लिन छोडेको छ। कोभिड १९ का बिरामीको चाप अत्यधिक बढेको तर अक्सिजनको आपूर्ति भने माग अनुरुप हुन नसकेकाले थप संक्रमितलाई भर्ना लिन समस्या भइरहेको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले बताए।
कोभिड १९ सुरु भएपछि स्वास्थ बन्न के खानेकुरा खाने र के नखाने विषय सधैं चर्चामा रहँदै आएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउनका निम्ति हरियो सागपात, ताजा तरकारी, फलफूल, सुकेको फल, लशुन, अदुवा, मरिच, ल्वाङग, विभिन्न परिकारका दाल आदिको प्रयोग बढेको छ । तर तेलमा तारेको, भुटेको, प्याक गरिएको खानेकुरा, बासी खानेकुरा, मदिरा सेवन, चिसो पेय पदार्थ आदि कुराको प्रयोग नकरात्मक मानिन्छ ।
कोभिड संक्रमणको दोस्रो लहर तीव्रदरमा वृद्धि भइरहँदा प्रदेश नं. १ कै ठूलो स्वास्थ्य संस्थामा भने आन्दोलन र तालाबन्दीको शृंखलाले अस्थिर बन्दैछ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्य खटिन कर्मचारीलाई निर्देशन दिएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले देशका बिभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) सुरु गरेको छ।