१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमित घटे, परीक्षण गरिएकामध्ये ४५ प्रतिशतमा संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा कोभिड संक्रमितको संख्या घटेको छ। तर परीक्षण गरिएकामध्ये ४५ प्रतिशतमा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको अवस्थाबारे अद्यावधिक गर्दै शनिबार कोभिड संक्रमण घटेको जनाएको छ।

मन्त्रालयको विवरण अनुासर पछिल्लो २४ घन्टामा ८ हजार ४ सय १८ जना नयाँ संक्रमित थपिएका छन् भने ५३ जनाको मृत्यु भएको छ। थपिएकामध्ये ८ हजार २ सय ८७ जनाको पीसीआर र १३१ जनाको एन्टिजेन परीक्षण भएको थियो ।

शुक्रबार ९ हजार १९६ जना नयाँ संक्रमित थपिएका थिए भने ५० जनाको मृत्यु भएको थियो, त्यस्तै बिहीबार ९ हजार ७० जना नयाँ संक्रमित थपिएका थिए। बिहीबार ५४ जनाको मृत्यु भएको थियो।

गत २४ घन्टामा पीसीआर विधिबाट १७ हजार ३ सय १५ र एन्टिजेन विधिबाट ९ सय ८९ जना गरी १८ हजार ३ सय ४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।  

१८ हजार ३ सय ४ जनाको कोरोना परीक्षण गर्दा ८ हजार ४ सय १८ जना संक्रमित भएको पनि मन्त्रालयले जनाएको छ। सो विवरण अनुसार परीक्षण गरिएकामध्ये ४५ प्रतिशतमा संक्रमण भएको देखिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०७८ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App