१५ वैशाख २०८१ शनिबार
image/svg+xml

हचुवाका भरमा निजी अस्पताललाई करोडौं भुक्तानी

विभिन्न निजी अस्पतालहरूले अर्थ मन्त्रालयलाई दबाब दिएर कोरोना संक्रमणका बिरामीको उपचारका नाममा ३० करोड रुपैयाँंभन्दा बढी निकासा गराएका छन्।

गण्डकी प्रदेशमा कोरोनाः कास्कीमा बढी, मनाङ र मुस्ताङ ‘ग्रिन जोन’मा

गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ कोभिड संक्रमितको संख्या शून्यमा झरेसँगै ग्रीनजोन फर्केका छन । प्रदेशमा सबैभन्दा बढी संक्रमित भएको जिल्ला कास्की छ । कास्कीमा कोभिड १९ का विरामीको संख्यामा आशातित घट्न नसक्दा रेडजोनमै रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ

कोभिड १९ः निको हुने बढे, संक्रमण घटेन

सदरमुकाम त्रियुगा नगरपालिकामा पछिल्लो समय नयाँ संक्रमित घट्दै गएको पाइएको छ भने बेलका, चौदण्डीगढी नगरपालिकाका पहाडी र गाउँबस्तीमा अहिले पनि संक्रमित भटाभट देखिने क्रम नरोकिएको स्वास्थ्यले जनाएको छ।

उदयपुरमा कोराेना घट्दैः २५ संक्रमित थपिदा १ सय ३७ जना निको

पछिल्लो समय उदयपुरमा कोभिड संक्रमित घट्दै गएका छन् भने निको हुने क्रम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २४ महिलासहित ४५ जना संक्रमित थपिदा निको हुनेको संख्या १ सय ३७ पुगेको छ ।

उदयपुरमा काेराेनाः १३ संक्रमित थपिदा २२ निको, २ को मृत्यु

उदयपुरमा पछिल्लो २४ घण्टामा ४ महिलासहित १३ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ३१ पुगेको छ। जसमा महिलाको संख्या ५ सय ८ र पुरुष ६ सय २३ छन्।

उदयपुरमा कोभिडले एकै परिवारका ३ जनाको मृत्यु

रौतामाई गाउँपालिका ७ मुर्कुची मुल घर भई त्रियुगा नगरपालिका ११ गाईघाट बस्दै आएका तुलबहादुर मस्राङ्गी मगर जेठ पहिलो साता कोभिड संक्रमित पुष्टि भएपछि सदरमुकामस्थित आँखा अस्पतालको आईसोलेसनमा भर्ना भए ।

कोभिड संक्रमितलाई राहत

बेलका नगरपालिका २ स्थित तपेश्वरीका होम आइसोलेसनमा रहेका प्रभावितहरुलाई समूहले राहत उपलब्ध गराएको हो।

उदयपुरमा संक्रमित ५ सय नाघे, घरबाहिर ननिस्कन प्रशासनको अपिल

संक्रमित र मृतकको संख्या दिनानुदिन बढ्दै गएपछि सर्वसाधारणलाई घरबाहिर ननिस्कन सरोकारवाला निकायहरुले आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय, प्रहरी, स्थानीय तहहरुले सबैलाई घरघरमा बस्न आग्रह गरेका छन्।

उदयपुरमा थप एकसाता निषेधाज्ञा लगाउन सिफारिस

संक्रमित संख्या बढ्ने क्रम नरोकिएपछि निषेधाज्ञा थप्न सिफारिस गरेको हो। बिहीबार बसेको बैठकले दिनहुँ संक्रमित बढ्ने क्रम नरोकिएको भन्दै थप एकसाता निशेधाज्ञा लम्ब्याउन सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए।

उपचाररत बिरामीलाई अस्पतालको पत्र : अक्सिजन सकियो, आफ्नो व्यवस्था आफै गर्नू

काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज(प्रा). लि. शिक्षण अस्पतालले अक्सिजन नभएको कारण बिरामीलाई डिस्जार्ज गर्ने बताउँदै आफ्नो व्यवस्था आफै गर्न भनेको हो।

कोरोना संक्रमित घटे, परीक्षण गरिएकामध्ये ४५ प्रतिशतमा संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको अवस्थाबारे अद्यावधिक गर्दै शनिबार कोभिड संक्रमण घटेको जनाएको छ।

रौतहटका तीन स्थानमा कोभिड र एचडियु वार्ड

जिल्ला कोभिड संकट व्यवस्थापन समिति रौतहटले गौर अस्पताल, गौर नर्सिंङ इन्ष्टिच्यूट र चन्द्रपुरमा अक्सिजनसहितको कोभिड वार्ड र गौरमा १५ वेडको एचडियु वार्डको निर्माण गरेको हो।

कोभिड संक्रमितको उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिने

बिहीबार प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने र माथिका विकट क्षेत्रको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो। भौगोलिक विकटताका कारण कर्णालीमा सर्वसाधारणको सहजै स्वास्थ्य संस्थासँग पहुँच पुग्दैन। महामारी उपचार नपाएर नागरिकको मृत्यु हुनसक्ने जोखिमलाई ख्याल गर्दै प्रदेश विपद् व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो।

कोभिड संक्रमितको उद्वारका लागि हेलिकोप्टर प्रयोग गरिने

कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उद्वारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ।

फेरि उदयपुरमा देखिन थाले कोभिड संक्रमित

गएको वर्ष यो बेला देश पूर्णरुपमा लकडाउनमय थियो। कोभिडले विश्व महामारीको रुप लिँदै गएपछि नियन्त्रणका लागि भन्दै सरकारले ०७६ चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्