१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरमा काेराेनाः १३ संक्रमित थपिदा २२ निको, २ को मृत्यु

स्वास्थ्य कार्यालय उदयपुर। तस्बिरः महेश्वर

उदयपुरमा पछिल्लो २४ घण्टामा ४ महिलासहित १३ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ३१ पुगेको छ। जसमा महिलाको संख्या ५ सय ८ र पुरुष ६ सय २३ छन्। नयाँ संक्रमित त्रियुगाका ८, कटारीका ४ र बेलकाका १ जना छन्। गएको २४ घण्टामा १० महिलासहित २२ जना संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको संख्या जिल्लामा १ सय ४२ महिलासहित ३ सय २८ पुगेको छ। हालसम्म निको हुनेमा त्रियुगाका ५३ महिलासहित १ सय ३३, कटारीका ६ महिलासहित १६, चौदण्डीगढीका ३८ महिलासहित ८९, बेलकाका २३ महिलासहित ४३ रहेका छन्।  

त्यस्तै लिमचुङबुङका १५ महिलासहित ३०, रौतामाईका ३ महिलासहित १०, उदयपुरगढीका ३ महिलासहित ६ र ताप्लीका एक महिला निको भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। स्वास्थ्यका अनुसार हाल त्रियुगामा २ सय ३९ महिलासहित ५ सय ४६ को उपचार भईरहेको छ भने बेलकाका ६८ महिलासहित १ सय ३५, चौदण्डीगढीका ६२ महिलासहित १ सय २४ र कटारीका ५३ महिलासहित १ सय १८ को उपचार भईरहेको छ।  

त्यस्तै रौतामाईका ३१ महिलासहित ८२, लिमचुङबुङका २४ महिलासहति ६८, उदयपरगढीका १७ महिलासहित ४७ र ताप्लीका ४ महिलासहित ११ सक्रिय संक्रमित छन्। उनीहरुको सदरमुकाम गाईघाट, बेलटारको उदयपुर कोभिड अस्प्ताल, धरान र विराटनगर तथा होमआईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए।  

पछिल्लो २४ घण्टामा उदयपुरका थप ३ जनाको मृत्यु भएको छ। प्रादेशिक कोभिड अस्प्ताल बिराटनगरमा उपचाररत चौदण्डीगढी ७ की ५७ वर्षीया एक महिलाको शनिबार मृत्यु भएको हो भने त्रियुगा १३ का एक ३९ वर्षीय पुरुषको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आईतबार विहान मृत्यु भएको स्वास्थ्यले जनाएको छ। यो सँगै मृत्यु हुनेको संख्या उदयपुरमा ४४ पुगेको छ।

प्रकाशित: २४ जेष्ठ २०७८ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App