७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोभिड १९ः निको हुने बढे, संक्रमण घटेन

उदयपुरमा केही दिनयता कोभिड संक्रमितहरु घट्दै गए पनि बढ्ने क्रम पनि रोकिएको छैन। संक्रमण दर न्यून हुदै गएपछि डेढमहिनादेखि जारी निशेधाज्ञा प्रशासनले खुकुलो पार्न थाले पनि निको हुनेसँगै नयाँ संक्रमित देखिने क्रम पनि कायमै छ।  

नयाँ संक्रमितभन्दा निको हुने दर बढ्दै गएको तथा असार मसान्त नजिकिएका कारण बैंक र बित्तीय संस्थाहरु बन्द गर्न नमिल्ने भएकाले प्रशासनले मंगलबारदेखि निषेधाज्ञा खुकुलो पारेको छ। तर, खुकुलो पारेको पहिलो दिन मंगलबार एकैदिन ९५ जना नयाँ संक्रमित देखिनुले कोभिड प्रभाव अझै कम नभएको प्रमाण पाइएको छ।

त्यसअघिको सातादिनसम्म दिनमा ३० को हाराहारीमा नयाँ संक्रमित देखिदै थिए भने निको हुनेको दर दैनिक सरदर ५० हाराहारी थियो।  

प्रशासनले वैशाख २५ देखि उदयपुरमा निषेधाज्ञा जारी गरेको थियो। सुरु भएको छैटौं सातापछि बजार पसल साँझ ६ः०० बजेसम्म खोल्ने निर्णय गरेको छ। बजार पसल खुलेसँगै मानव चहलपहल व्यापक भएको छ भने बैंकहरुमा भिडभाड सुरु भएको छ।

सहर बजारको तुलनामा गाउँघरतिर संक्रमितहरु बढ्दो रहेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।  

सदरमुकाम त्रियुगा नगरपालिकामा पछिल्लो समय नयाँ संक्रमित घट्दै गएको पाइएको छ भने बेलका, चौदण्डीगढी नगरपालिकाका पहाडी र गाउँबस्तीमा अहिले पनि संक्रमित भटाभट देखिने क्रम नरोकिएको स्वास्थ्यले जनाएको छ। पछिल्लो समय कोभिड संक्रमितहरु चौदण्डीगढी र बेलका नगरपालिकाका दूरदराजका वडा बस्तीमा बढी देखिएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदी बताउँछन्।

मंगलबार देखिएका ४६ महिलासहित ९५ संक्रमितमध्ये बेलकामा मात्र ४० जना थिए भने चौदण्डीगढीमा ३५ मा संक्रमण पुष्टि भएको थियो। जवकि सदरमुकाम त्रियुगामा ११ जना र उदयपुरगढी तथा ताली गाउँपालिकामा १–१ मा मात्र देखिएका छन्।  

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हालसम्म उदयपुरमा १ हजार ९ सय ७९ मा कोभिड संक्रमण देखिएकोमा ५६ जनाको निधन भईसकेको छ। १ हजार ५ सय ६३ जना निको भईसकेका छन् भने ४ सय ७० को उपचार भइरहेको छ।  

हालसम्म त्रियुगा नगरपालिकाका सबभन्दा बढी ३ सय १७ महिलासहित ७ सय ३२ जना निको भएका छन्। कटारीका ६४ महिलासहित १ सय ५१ निको हुँदा बेलकाका ९४ महिलासहित १ सय ८७ निको भईसकेका छन् भने चौदण्डीगढीका १ सय १२ महिलासहित २ सय ३९ संक्रमित निको भइसकेका छन्। त्यसैगरी रौतामाई गाउँपालिकाका ३४ महिलासहित ९२ जना, उदयपुरगढीका २० महिलासहित ५३ जना, लिमचुङबुङका ४८ महिलासहित ९७ जना र ताप्लीका ५ महिलासहित १२ जना निको भएको छन्।  

स्वास्थ्य कार्यालय उदयपुरका फोकल पर्सन उमेश लुईटेलका अनुसार त्रियुगाका ४९ महिलासहित १ सय १३ जना संक्रमितको उपचार भईरहेको छ भने कटारीका ८ महिलासहित २५ को उपचार भइरहेको छ। बेलकाका ७२ महिलासहित १ सय ३२ र चौदण्डीगढीका ७० महिलासहित १ सय २३ जना उपचारमा रहेको लुईटेलले बताए। गाउँपालिकातर्फ रौतााईमा १, उदयपुरगढीमा १ लिमचुङबुङका ३ महिलासहित १४ र ताप्लीका २६ महिलासहित ६१ जनाको उपचार भइरहेको छ। 

प्रकाशित: ९ असार २०७८ ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App