४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटमा अक्सिजनको कमीले बिरामी मर्न दिँदैनौं: प्रहरी उपरीक्षक शाह

देशभर कोभिडका बिरामीलाई अक्सिजनको हाहाकार भइरहेको समयमा रौतहट प्रहरीले कोभिडका विरामीलाई अक्सिजनको कमी हुन नदिने बताएको छ। अस्पतालमा उपचार गराइरहेका कोभिडको बिरामीलाई अक्सिजनको व्यवस्थापन नेपाल प्रहरीले भूमिका खेल्ने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताएका छन्।  

गए राति जिल्ला अस्पताल गौरमा उपचार गराइरहेका कोभिडका बिरामीलाई अक्सिजनको अभाव भएकोमा तत्कालै २३ अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराएको एसपि शाहले जानकारी गराएका छन्। जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीमध्ये १६ जनालाई अक्सिजन दिनु परिरहेको सन्दर्भमा अक्सिजनको अभाव भएको जानकारी प्राप्त हुनासाथ जिल्लाको विभिन्न भागबाट १३८ वटा सिलिण्डर बरामद गरी जिल्ला अस्पताललाई उपलब्ध गराएको एसपि शाहको भनाइ छ।

अक्सिजनको सिलिण्डर खाली भएपछि त्यसमा अक्सिजन भराउने जिम्मा पनि आफूहरुले लिएको एसपि शाहको दाबी छ। एसपि शाह भन्छन्, 'रौतहटमा अक्सिजनको कमीको कारणले बिरामी मर्दैन।'

अक्सिजनको पूरै जिम्मा प्रहरीले लिएको बताउँदै एसपि शाहले अन्य कारणले बिरामी मर्न सक्लान् तर अक्सिजनको कमीको कारणले रौतहटमा बिरामी मर्न नदिने जिम्मा नेपाल प्रहरीले लिएको छ। नेपाल प्रहरीले रौतहटका कोभिड बिरामीको लागि अक्सिजनको जोहो जसरी पनि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  

जिल्लामा करिब दुई सय कोरोना संक्रमित रहेको भए पनि १६ जनाले अस्पतालमा उपचार गराइरहेको र बाँकी सबै होम आइसोलेसनमा रहेको जानकारी गराउँदै एसपि शाहले अन्यत्र अक्सिजनको जेजस्तो हाहाकार भए पनि रौतहटमा अक्सिजनको कमी हुन नदिने जिम्मा नेपाल प्रहरीले लिएको स्पष्ट पारेका छन्।

प्रकाशित: २६ वैशाख २०७८ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App