५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

कोरोनालाई जित्न गाईको दूध उपयोग गर्दै चीन

कोभिड १९ सुरु भएपछि स्वास्थ बन्न के खानेकुरा खाने र के नखाने विषय सधैं चर्चामा रहँदै आएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउनका निम्ति हरियो सागपात, ताजा तरकारी, फलफूल, सुकेको फल, लशुन, अदुवा, मरिच, ल्वाङग, विभिन्न परिकारका दाल आदिको प्रयोग बढेको छ । तर  तेलमा तारेको, भुटेको, प्याक गरिएको खानेकुरा, बासी खानेकुरा, मदिरा सेवन, चिसो पेय पदार्थ आदि कुराको प्रयोग नकरात्मक मानिन्छ ।  

वुहानमा पहिलो पटक कोरोना भाइरस संक्रमण देखिएपछि विश्वमा नै यो फैलिएको हो । यस सरुवा रोगबाट बच्न विभिन्न पहलहरु भईरहेको छ । चीनमा हालै कोरोना संक्रमित भएका विरामीबाट चाँडै निको हुनका निम्ति गााईको दूध हतियार बनेको एजेन्सीले जानकारी दिएको छ ।  

शरीरमा प्रोटिनको मात्रा बढाउन चीन सरकारले त्यहाँको नागरिकलाई गाईको दूध पिउन भन्दै आईरहेको छ । प्रोटिनले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने विश्वास छ । पछिल्लो वर्ष चीनमा कोरोना संक्रमण बढेपछि संसदको वार्षिक बैठकमा कानुन निर्माताले सरकारलाई दूध पिउने विषयमा कानुन बनाउन सुझाब दिएका थिए । यसमा प्रति व्यक्तिले ३०० ग्राम दूध पिउनु पर्ने उल्लेख गरिएको थियो ।  

ब्लूमबर्गको एक रिपोर्ट अनुसार चिनियाँको एक चिकित्सकले आमा बुवालाई आफ्नो बच्चालाई ब्रेकफास्टमा अण्डा र दूध सेवन गराउन सुझाब दिएको छन् । उक्त डाक्टर संक्रमक रोग विशेषज्ञ हुन् ।  

दूध पिउनु बाध्यता भएको भन्दै मानिसहरुले यस विषयको विरोध सामाजिक सञ्जालमा समेत गरेका छन् । चीनमा केही व्यक्तिले परम्परागत र दूधबाट मिल्ने पोषणको तुलना गरेका छन् । मानिसहरुको भनाई यो रहेको छ कि चिनियाँहरुले एनिमल प्रोटिनको धेरै प्रयोग गर्दै आइरहेका छन् । चीको सरकारले ३० प्रतिशत दूधको उत्पादन बढाउने लक्ष्य राखेको छ । यस लक्षय अनुसार सन् २०२५ सम्म ४५० लाख टन रहेको छ । चीनमा  गाईको खानपिन तथा हेरचाहमा अहिले विशेष ध्यान दिईरहेको छ ।  

चीनका विभिन्न मानिसहरुले गाईको दूध पिउने बानीलाई सुधार्नका निम्ति सामाजिक सञ्जालहरुमा विजभिन्न पोस्टहरु सार्वजनिक गर्ने गरेका छन् । दूधका विभिन्न परिकार तथा रेसिपी पनि सेयर गर्ने गरेका छन् ।आफूलाई मन पर्ने ब्राण्ड अनुसार नै विभिन्न सन्देशहरु दिँदै आएका छन् । एक सन्देश भने दूध पचाउन गाह्रो हुने समूहका लागि छ । दूध पचाउन गाह्रो भए दूध र पानीको मात्रा बराबर मिसाएर प्रयोग गर्न सकिने भनिएको छ ।  

दूधको विषयमा गरिएको खोज अनुसन्धान अनुसार दूध पोषणले भरिपूर्ण रहेको हुन्छ । वैज्ञानिकका अनुसार जनावरमा एक किसिमको एन्टीबडी हुन्छ र दूधको सेवन मार्फत त्यो एन्टीबडी शरीरको प्रतिरक्षा प्रणालीमा प्रवेश गर्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ ।

प्रकाशित: २४ वैशाख २०७८ ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App