२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

तिब्बतको डिङ्जी काउन्टी सरकारसँग कोरोना नियन्त्रण सामग्री माग

कोभिड–१९ को संक्रमण बढ्दै गएपछि जिल्ला समन्वय समिति ताप्लेजुङले तिब्बतको डिङ्जी काउन्टी सरकारसँग कोरोना नियन्त्रणका सामग्री माग गरेको छ।

तीव्र रुपमा कोभिड–१९ फैलँदै गएपछि नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग माग गरिएको हो।

डिङ्जी काउन्टी तिब्बत सरकारसँग डिस्पोजेबल मेडिकल मास्क २० हजार थान, एन्टीजेन टेस्ट किट ५ हजार थान, शव व्यवस्थापनका लागि प्रयोग हुने झोला ५ सय थान, एन–९५ मास्क १ हजार थान, पीपीई सेट २ हजार थान, थर्मल गन २०० थान, भिटीएम भाइल ५ हजार थान,अक्सिजन सिलिन्डर १०० थान, अक्सिजन कन्सीन्ट्रयार १० थान, पञ्जा १० हजार दर्जन र पल्स अक्सिमिटर ५० थान सहयोग माग गरिएको जिल्ला समन्वय समितिले पठाएको पत्रमा उल्लेख छ।

दैनिक रुपमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री तिब्बत सरकारसँग सहयोग माग गरिएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए। फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता तथा तिब्बत मामलाका जानकार छेतेन वालुङमार्फत् मागपत्र पठाइएको समेत मादेनले बताए।

तिब्बतको डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि अघिल्लो वर्ष पनि कोरोनाबिरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो।

प्रकाशित: २५ वैशाख २०७८ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App