सुनसरीमा एमालेका तीन वडाध्यक्ष, एस र राप्रपाबाट एक-एक जना विजयी
सुनसरीमा एमालेका तीन जना वडाध्यक्ष विजयी भएका छन्। धरान उपमहानगरपालिकाको वडा नं. २ मा नेकपा एमालेका रमेश राई विजयी भएका छन्।
सुनसरीमा एमालेका तीन जना वडाध्यक्ष विजयी भएका छन्। धरान उपमहानगरपालिकाको वडा नं. २ मा नेकपा एमालेका रमेश राई विजयी भएका छन्।
नेपालगन्ज उपमहानगरपालिकाको मतगणना कछुवा गतिमा चलिरहेको छ। फितलो व्यवस्थापनका कारण गणना कार्य द्रुत गतिले अगाडी बढ्न नसकेको हो। मतगणना ढिलो हुँदा मतपरिणाम सुन्न बाहिर बसेका सर्वसाधारण आक्रोशित भइरहेका छन्।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह अग्रस्थानमा रहेका छन्।
कोइरालाले २ हजार तीन सय सतहतर मत प्राप्त गरेका छन् भने एमालेका सागर थापाले १ हजार ७ सय १० मत प्राप्त गरेका छन्। त्यसैगरी, उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले १ हजार ९ सय २३ मत प्राप्त गरेकी छन् भने गठबन्धनततर्फबाट जसपाका अमरेन्द्र यादवले १ हजार २ सय ८ मत प्राप्त गरेका छन्।
मतगणनाको सुरुदेखि अग्रता लिएका हमालले २ हजार ९ सय ५३ मत गणना हुँदा १ हजार ३ सय ८६ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ सय ७ मत प्राप्त गरेका छन् भने एमालेका रणबहादुर चन्दले १ सय ४३ मत पाएका छन्।
पछिल्लो विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन्। साहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन्।
प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ३ सय ९० मत लिएर दाहाल र सुवेदीलाई पछ्याइरहेका छन्। पछिल्लो पटक भने रेणुले अग्रता बढाउँदै लगेकी छन्। त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २ सय २६ मत ल्याएर आफुलाई अग्रस्थानमा राखेका छन्।
बालेनले १२ सय ५४ मतसहित बालेनले अग्रता कायम राखेका छन् बालेनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ सय ७८ मतका साथ पछ्याइरहेका छन्।
त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले २२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का मञ्जुदेवी गुरुङले २० मत प्राप्त गरेका छन्।
पोखरा महानगरपालिकाको १५० मतको मतपरिणाम सार्वनिक गरिएको छ। सार्वजनिक गरिएको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले अग्रता लिएका छन्।
ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ।
चितवनको भरतपुर महानगरपालिकमा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले सुरुवाती अग्रता कायमै राखेका छन्। भरतपुर वडा नम्बर १ को १५० मत गन्दा सुवेदीले ६६ मत प्राप्त गरेका छन्।
काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले नेपाली कांग्रेुसकी उम्मेदवार सिर्जना सिंहलाई २ सय मतले पछि पारेका छन्।
विराटनगर महानगरपालिकाको मेयरमा ५ दलीय गठबन्धनतर्फका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् ।
इटहरी उपमहानगरपालिका मतगणना भइरहेको छ। मतगणना इटहरी वडा नंं. १ र २० को सुरु भएको हो। मतगणनाको पारम्भिक चरणको नजिता सार्वजनिक भइ सकेको छैन्।