५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

धनगढी उपमहानगरपालिकाः स्वतन्त्र उम्मेदवार हमालले मतान्तर बढाउदै

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन्।

मतगणनाको सुरुदेखि अग्रता लिएका हमालले २ हजार ९ सय ५३ मत गणना हुँदा १ हजार ३ सय ८६ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ सय ७ मत प्राप्त गरेका छन् भने एमालेका रणबहादुर चन्दले १ सय ४३ मत पाएका छन्।

यसैगरी उपमेयर पदमा माओवादी केन्द्रका शान्ति अधिकारीले ६ सय ८१ मत प्राप्त गरेकी छन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ सय ८१ मत प्राप्त गरेका छन् भने एमालेका कन्दकला रानाले ३ सय ८४ मत प्राप्त गरेकी छन्। धनगढी उपमहानगरपालिकाको वडा नं १ बाट मतगणना भैरहेको छ। ९३ हजार १ सय ५१ मतदाता मध्य ६३ हजार ७ सय १५ जनाले मतदान गरेका थिए। ९७ जना जना जनप्रतिनिधि चुनिने छन्।

प्रदेशको अस्थायी राजधानी रहेको यस प्रदेशको व्यापारिक, शैक्षिक र औद्योगिक केन्द्र समेत रहेको धनगढी उपमहानगर प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाको संघिय संसदको निर्वाचन क्षेत्र समेत हो। गठबन्धन दलका उम्मेदवार र एमालेका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले कडा चुनौती देखिएकाले सुरुदेखि नै धनगढी उपमहानगरपालिकाको चुनावलाई विशेष चासोको साथ हेरिएको थियो भने मतदानको दिनसम्म करिव एक साता सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले अधिकांश समय धनगढीमा बिताएका थिए।

धनगढी उपमहानगरपालिकाले अघिल्लो ५ वर्षमा जनताका चाहना अनुसार विकासका काम नगरेकाले जनतामा असन्तुष्टि देखिएको थियो। मुख्य शहर धनगढीकै सडकमा खाल्डाखुल्डी, बर्षातमा हिलाम्मे, अन्य समयमा धुलाम्य हुने गर्छ, खोलानाला अतिक्रमणले सामान्य वर्षा हुँदा पनि धनगढी डुवानमा पर्छ। 

जनताको आधारभूत आवश्यकता शिक्षा, स्वाथ्य, खानेपानी पनि जनताले पाएका छैनन्। यसअघि २०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडले १४ हजार ३ सय २४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए भने तेस्रो भएका माओवादी केन्द्रका रामसमझ रानाले १० हजार २ सय ९ मत ल्याएका थिए भने एमालेका उम्मेदवार दुर्गाप्रसाद जोशीले ९ हजार ९ सय ४६ मत ल्याएका थिए।

प्रकाशित: १ जेष्ठ २०७९ ०३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App