coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इटहरी उपमहानरपालिकामा मतगणना हुँदै

इटहरी उपमहानगरपालिका मतगणना भइरहेको छ। मतगणना इटहरी वडा नंं. १ र २० को सुरु भएको हो। मतगणनाको पारम्भिक चरणको नजिता सार्वजनिक भइ सकेको छैन्।

यद्यपी, यी दुवै वडा नेपाली कांग्रेसको पकड भएको वडामा पर्छन्। २०७४ सालको निर्वाचनमा पनि १ र २० बाट प्यानलसहित नेपाली कांग्रेसको टीम विजयी भएको थियो। इटहरीमा कुल एक लाख चार हजार छ सय २६ मतदातामध्ये ७३ हजार ८९६ मत खसेको थियो।

सुनसरीका स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता रहेको र मत खसेको पनि इटहरी नै हो। इटहरीमा गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका हेमकर्ण पौडेल र एमालेका तर्फबाट याम सुब्बाप्रति प्रतिस्पर्धा हुने देखिएको छ। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादी पार्टीका केशबकुमार विष्ट र एमालेकी संगीता चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App