७ वैशाख २०८१ शुक्रबार
राजनीति

भरतपुरमा रेनुको अग्रता कायमै

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन्।

२ हजार ९ सय ६८ मत गन्दा दाहालले १ हजार १ सय ५ मत प्राप्त गरेकी छन् । दाहाललाई एमालेका विजय सुवेदीले पछ्याईरहेका छन् सुवेदीले १ हजार ७ मत पाएका छन्। अहिले मतान्तर ९८ को भएको छ। यहाँ मतगणना सुरु हुँदा विजय सुवेदीले अग्रता लिएका थिए भने कुनै समयमा दुवै उम्मेदवारले बराबर मत पाएका थिए।

प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ३ सय ९० मत लिएर दाहाल र सुवेदीलाई पछ्याइरहेका छन्। पछिल्लो पटक भने रेणुले अग्रता बढाउँदै लगेकी छन्। त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २ सय २६ मत ल्याएर आफुलाई अग्रस्थानमा राखेका छन्। 

उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले ८सय ३० मत प्राप्त गरेकी छन्। वडाध्यक्षमा कांग्रसका केशव महर्जनले १ हजार २सय ४४ मत प्राप्त गरेका छन्। महर्जनलाई एमालेका शुक्र बहादुर श्रेष्ठले १ हजार १ सय ९९ मत ल्याएर पछ्याएका छन्।

प्रकाशित: १ जेष्ठ २०७९ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App