coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

सुनसरीमा एमालेका तीन वडाध्यक्ष, एस र राप्रपाबाट एक-एक जना विजयी

सुनसरीमा एमालेका तीन जना वडाध्यक्ष विजयी भएका छन्। धरान उपमहानगरपालिकाको वडा नं. २ मा नेकपा एमालेका रमेश राई विजयी भएका छन्। उनले ७४८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधिरसिंह लिम्बुले ६२७ मत ल्याए।

यसैगरी, दुहवी नगरपालिका वडा नं. १ मा एमालेकै मोहमद अजुल हुसेन वडाध्यक्षमा विजयी भएका छन्। उनले ९२९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जाकिर हुुसेन मियाँले ८१३ मत ल्याएका छन्।

यस्तै, बर्जु गाउँपालिका वडा नं. १ मा एमालेकै दिलबहादुर गुरुङ् विजयी भएका छन्। उनले ९३९ मत ल्याएर विजयी भएका हुन भने उनका निकटम प्रतिद्दन्दी नेपाली कांग्रेसका मनोजकुमार गच्छदारले ६३४ मत ल्याए। उत्ता, हरिनगर गाउँपालिका वडा नं. ७ मा एकीकृत समाजवादीका मोजमिल खाँ विजयी भएका छन्। उनले ५६६ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्दन्दी नौसाद आलम अनसारीले ४६२ मत ल्याए।

यस्तै, भोक्राहा नरसिंह गाउँपालिका वडा नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ।  वडा नंं. १ मा वडाअध्यक्षका उम्मेदवार लक्ष्मण मेहतासहित पुरै प्यानल राप्रपाले जितेको हो। मेहताले एक हजार ९० मत ल्याएर विजयी भएका हुन्। सो वडामा तीन हजार २ सय २८ मत मध्ये दुई हजार चार सय ७८ मत खसेको थियो। मेहताका निकटम प्रतिद्दन्दी नेपाली कांग्रेसका युवराज दाहालले ५४७ मत ल्याएका थिए।

प्रकाशित: १ जेष्ठ २०७९ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App