८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

विराटनगर महानगरको प्रमुखमा काँग्रेसको अग्रता कायमै

विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनतर्फका नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै रहेको छ।

कोइरालाले २ हजार तीन सय सतहतर मत प्राप्त गरेका छन् भने एमालेका सागर थापाले १ हजार ७ सय १० मत प्राप्त गरेका छन्। त्यसैगरी, उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले १ हजार ९ सय २३ मत प्राप्त गरेकी छन् भने गठबन्धनततर्फबाट जसपाका अमरेन्द्र  यादवले १ हजार २ सय ८ मत प्राप्त गरेका छन्।

शनिबार बिहानदेखि सुरु गरिएको १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना जारी रहेको छ । निर्वाचन आयोगले ढिला गरी मत गन्ने काम भइरहेको भन्दै दलका नेता तथा कार्यकताले गुनासो गरेका छन् । उनीहरुले विगतका निर्वाचनमा मत गन्ने काम चाँडो हुने गरेको बताए।

आयोगले मत परिणाम सार्वजनिक गर्न पनि ढिला गरिरहेको छ। उनीहरुले आधिकारी जानकारी नदिँदा कसले कति मत प्राप्त गर्‍यो भन्ने अन्योल भइरहेको छ। मत गणनाको पहिलो दिन शनिबार बिहान र बेलुका मात्रै मत परिणाम घोषाण गरेको थियो।

प्रकाशित: १ जेष्ठ २०७९ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App