५ आश्विन २०८१ शनिबार
image/svg+xml

भीम रावलले राजीनामा फिर्ता लिए

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए। आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन्।

सुदूरपश्चिम प्रदेशः एमालेका तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन लिखित निर्देशन

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका तीन मन्त्रिलाई फिर्ता हुन लिखित निर्देशन दिएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले आन्तरिक मामलिा तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र समाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन बेग्ला बेग्लै लिखित पत्र पठाएर निर्देशन दिएका छन् ।

स्विमिङ पुल र सुटिङ रेन्ज निर्माण: बजेट छुट्टिँदै फिर्ता हुँदै

दुई वर्षयता बजेट छुट्टिँदै फिर्ता भएको छ। एक वर्ष कोरोना कहर रह्यो। ०७६ चैत ११ गतेदेखि लकडाउन हुन पुग्यो। तीन महिना पूर्ण रूपमा लकडाउन भयो। त्यसपछि खुकुलो हुँदै गए पनि खेलकुद पूर्वाधार निर्माणमा परिषद्ले टेन्डर गर्नै सकेन।

एमालेले सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने

नेकपा एमालेले सुदूरपश्चिम प्रदेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

सरकारले गर्‍यो १२० मुद्दा फिर्ताः मन्त्री, सांसद, मेयरमाथिको मुद्दाबारे सरकार मौन

सरकारले जनता समाजवादी पार्टीसँग भएको समझदारीअनुसार जसपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

जसपालाई खुसी पार्न मुद्दा फिर्ता

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकारले मधेस आन्दोलनका क्रममा १ सय २० जनाविरुद्ध लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको जानकारी बुधबार दिए। सरकारले जसपाको मागअनुसार मधेस आन्दोलनका क्रममा लगाइएका १५ थान मुद्दा खारेज गरेको हो।

नाम फिर्ता लिएपछि आइपिएलमाथि प्रश्न

भारतमा बढ्दो रूपको कोरोना भाइरस महामारीसँगै दुई अस्ट्रेलियन र भारतकै स्टार क्रिकेटर रविचन्द्रन अश्विनले जारी इन्डियन प्रिमियरलिग (आइपिएल)बाट नाम फिर्ता लिएपछि विश्व क्रिकेटकै ठूलो फ्रेन्चाइज लिगमाथि खतरा बढेको छ।

बक्सिङ टोली स्वदेश फिर्ता

आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वार्टरफाइनलसम्म यात्रा तय गरेकी सुष्मा तामाङसहित तीन सदस्यीय नेपाली बक्सिङ टोली आइतबार स्वदेश फर्किएको छ।

नक्कली पिसिआर रिपोर्ट बाेकेका एक सय ७२ जना विमानस्थलबाट फिर्ता

पिसिआर परीक्षण नै नगरी कोरोना नभएको पुष्टि हुने नक्कली रिपोर्ट लिएर विदेश जान खोज्नेलाई रोकेको अध्यागमनको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार जजिरा एयर, एयर अरेबिया र सलाम एयरबाट खाडी मुलुक जान खोज्नेलाई रोकिएको हो।

समर्थन फिर्ता लिने अधिकार दाहाललाई

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकको निर्णयबारे जानकारी दिँदै नेता नारायणकाजी श्रेष्ठले भने,‘केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्ड (पुष्पकमल दाहाल) लाई दिइएको छ।’

माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैनः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन्।

कर्णाली प्रदेशसभा : यस्तो छ शुक्रबारको कार्यसूची

‘मत विभाजका क्रममा एमालेका कम्तिमा तीन जना सांसदहरु फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा हस्ताक्षर गर्नुहुन्छ,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘गणीतीय हिसावले मुख्यमन्त्री अल्पमतमा देखिनु भएको छ, तर पनि बहुमत पुर्‍याउनुहुन्छ ।’

जसपाले गृहमा बुझायो २१० जनाको सूची

जसपाका नेता डा.सुरेन्द्र झाका अनुसार पार्टीले बुझाएको सूचीका आधारमा सरकारले मुद्दा फिर्ता लिने सहमति भएको उनले बताए। झाका अनुसार गृहमा बुझाएको मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूचीलाई महान्यायाधिवक्ताको कार्यालय हुँदै कानुन मन्त्रालयमा लगिनेछ। कानुन मन्त्रालयले मुद्दा फिर्ता लिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको छ। सोमबार बसेको प्रदेश १ को प्रदेसभा बैठकमा अविश्वासको प्रस्तावका प्रस्ताव तथा माओवादी केन्द्रका संसदीयदलका नेता इन्द्रबहादुर आङ्वोले प्रस्ताव फिर्ता लिएका हुन्।

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने तयारी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नेकपा एमालेको माधव नेपाल समूहले फिर्ता लिने भएको छ। अविश्वासको प्रस्तावका समर्थक लक्षुमण तिवारीले अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरेको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्