५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुदूरपश्चिम प्रदेश सरकार बदल्न कसरत सुरु

सुदूरपश्चिम प्रदेश सरकार बदल्न नेकपा एमाले ओलीपक्षले कसरत शुरु गरेको छ । माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारवाट एमालेले समर्थन फिर्ता गर्ने तयारी थालेको छ । सुदूरपश्चिम सरकार बदल्न नेकपा एमालेका सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट, प्रदेश समितीका सहईन्चार्ज महेश्वर पाठक, प्रदेश समिती अध्यक्ष कर्ण थापा लगायतका नेता धनगढीमा केन्द्रित भएका छन । माओवादी केन्द्र र माधव पक्षको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारवाट एमालेले समर्थन फिर्ता लिन संसदिय दल वोलाउने तयारी गरेको छ ।

नेपाल समूहले पनि मुख्यमन्त्री शाहीको साथ छोड्ने संकेत

‘अब पहिलेको जस्तो अवस्था रहेन्,’ नेपाल समुहका सांसद सुशील थापाले भने, ‘सरकारलाई समर्थन गर्न सक्ने अवस्थामा हामी छैनौं ।’

मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्छ : यामलाल कँडेल (अन्तर्वार्ता)

एमालेका १९ जना माननीयहरुले संसदीय दलले के भन्छ त्यो अनुसार चल्नुपर्ने हुन्छ । संसदभित्र रहेका राजनीतिक पार्टीहरुको अव दलगत सम्वन्ध हुन्छ । व्यक्तिगत सम्वन्ध व्यवहारिक हुनसक्छ तर, राजनीतिमा त्यसले काम गर्दैन् ।

कर्णाली प्रदेशः एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तीन वर्षअघि नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। एमाले संसदीय दलको बहुमत सांसदको उपस्थितिमा बुधबार बसेको बैठकले २०७४ फागुन ४ गते मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

कोसी अस्पतालले फिर्ता पायो जग्गा

६१ वर्षदेखि नेपाल क्षयरोग निवारण संस्थाले उपभोग गर्दै आएको सरकारी जग्गा फिर्ता भएको छ। संस्थाले कोसी अस्पतालका नाममा रहेको जग्गालाई आफ्नो भन्दै स्थायी संरचना बनाएर उपभोग गर्दै आएको थियो। प्रादेशिक अस्पतालका रूपमा रहेको कोसी अस्पताललाई स्तरोन्नती गर्ने योजना अनुरूप जग्गा खोजी गर्दा क्षयरोग निवारण संस्थाले प्रयोग गर्दै आएको भेटिएको हो।

१२ वर्षपछि विद्यालयको जमिन फिर्ता

स्थानीयले अतिक्रमण गरेर भोगचलन गर्दै आएको सुर्खेतको नेपाल राष्ट्रिय आधारभुत विद्यालयको १० बिघा जमिन १२ वर्षपछि फिर्ता भएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प चार दिनको उपचारपछि ह्वाईट हाउस फिर्ता

कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन्।

रेडक्रसका पदाधिकारीलाई तलब फिर्ता गर्न निर्देशन

जिल्ला प्रशासनले हिसाब जाँच समिति गठन गरेपछि अध्यक्ष थापाले ४५ लाख ६२ हजार, देवरत्न धाख्वाले ३३ लाख ६७ हजार, देवेन्द्र प्रधानले २१ लाख ५८ हजार, हरिप्रसाद न्यौपानेले १९ लाख ५७ हजार, अजितकुमार शर्माले १४ लाख ६० हजार रुपैयाँ र भक्त खवासले १३ लाख ४० हजार रुपैयाँ तलबबापत रकम लिएको खुलेको थियो।

अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश फिर्ता

संयुक्तराज्य अमेरिकाले कोरोना भाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ ।

'भूमि फिर्ता ल्याउनुपर्ने बेला प्रधानमन्त्रीकाे बाेली रहस्यमय'

प्रधानमन्त्रीको नाम नलिईकन उनले ‘पदमा बसेर बेतुकका र असान्दर्भिक बोल्दा राष्ट्रकै शीर झुक्ने’ भन्दै आक्रोश पोखेका हुन् ।

कुवेतबाट आए नेपाली

कोभिड–१९ का कारण विभिन्न समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । जजिरा एयरमा आएका नेपालीहरू बसमा चढ्दै । कुवेतबाट १५० नेपाली लिएर जजिरा एयरमा र ओमानबाट १४७ नेपाली सलाम एयरको विमान बाट आएका छन्। उक्त विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएर बसमा बसेर फर्केका छन् ।

चार्टर उडानको भाडा महँगो भएपछि विदेशमा रहेका नेपाली असन्तुष्ट

सरकारले कोभिड १९ का कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन तोकेको हवाई भाडा महँगो भएको भन्दै खाडी तथा मलेसियाका नेपालीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

आशै-आशमा टर्‍यो घर जाने सपना

बिहीबार अबेर सार्वजनिक भएको घर फर्किन पाउने समाचारले धादिङकी कमला मैनाली फुरुङ्ग भइन्। उनी ७ महिनाकी गर्भवती छिन्। अबुधाबीको एक ५ तारे होटेलमा कार्यरत श्रीमानसंगै डेढ वर्षदेखि बस्दै आएकी छिन्।

सबैलाई स्वदेश फिर्ता ल्याऊ : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस महामारीका कारण विदेशबाट घर फर्कन चाहने सबै नागरिकलाई फिर्ता ल्याउन सरकारसँग माग गरेको छ । कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भराईले शनिबार विज्ञप्ति जारी गर्दै स्देश फर्कन चाहने सबै नागरिकलाई ल्याउनका लागि पहल गर्न आग्रह गरेका हुन् ।

बर्माबाट स्वदेश फर्किए नेपाली

बर्मा (म्यानमार) बाट २६ नेपाली स्वदेश फर्केका छन्। विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने सरकारको निर्णय सँगै उनीहरुलाई आज नेपाल ल्याइएको छ। उनीहरु १४ दिन क्वारेन्टिनमा बसेपछि घर जाने छन्। यस्तै अन्य देशमा रहेका नेपालीलाई पनि स्वदेश फर्काउने तयारी सुरु भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्