८ वैशाख २०८१ शनिबार
राजनीति

सबैलाई स्वदेश फिर्ता ल्याऊ : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस महामारीका कारण विदेशबाट घर फर्कन चाहने सबै नागरिकलाई फिर्ता ल्याउन सरकारसँग माग गरेको छ । कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भराईले शनिबार विज्ञप्ति जारी गर्दै स्देश फर्कन चाहने सबै नागरिकलाई ल्याउनका लागि पहल गर्न आग्रह गरेका हुन् । ‘नेपाल ल्याउनु मात्रै उपलव्धि नभई अब तत्कालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने समय पनि आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सख्या तोक्ने होइन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनुपर्छ ।’

विदेशबाट ल्याइएकालाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसारको क्वारेन्टिन वा अन्य प्रबन्ध मिलाउन पनि विज्ञप्तिमा भनिएको छ । विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकलाई सरकार आफैंले खर्च गरेर वा सम्बन्धित मुलुकका सरकारसँग कूटनीतिक पहल गरी ल्याउन प्रबन्ध गर्न पनि माग गरिएको छ ।

प्रकाशित: २५ जेष्ठ २०७७ ००:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App