coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नाम फिर्ता लिएपछि आइपिएलमाथि प्रश्न

भारतमा  बढ्दो रूपको कोरोना भाइरस महामारीसँगै दुई अस्ट्रेलियन र भारतकै स्टार क्रिकेटर रविचन्द्रन अश्विनले जारी इन्डियन प्रिमियरलिग (आइपिएल)बाट नाम फिर्ता लिएपछि विश्व क्रिकेटकै ठूलो फ्रेन्चाइज लिगमाथि खतरा बढेको छ।  

यसअघि व्यक्तिगत कारण देखाउँदै रोयल च्यालेन्जर्स बैङ्गलोरका एडम जाम्पा रकेन रिचर्डसन आइपिएलबाट नाम फिर्ता लिँदै अस्ट्रेलिया फर्किसकेका छन्। राजस्थान रोयल्सका तीव्र गतिका बलरएन्ड्य्रु टाईले पनि लिगबाट हट्ने निर्णय लिइसकेका छन्। भारतमा दोस्रो चरणको महामारी फैलिएपछि पछिल्लो समय दैनिक तीन लाख पचास हजारमानिसमा संक्रमण भेटिँदा तीन हजारमानिसको मृत्यु भइसकेको छ। भारतीय क्रिकेटरअश्विनले भने आफ्नो परिवारकोरोनाविरुद्ध लडाइँ लडिरहेकाले उनीहरूको साथमा रहन यस सिजनको आइपिएलबाट बाहिरिने निर्णय गरेको बताएका छन्।

यस्तो महामारीका समयमा पनि आइपिएल सञ्चालन गरिएको भन्दै पछिल्ला समय केही आलोचना पनि भैरहेको छ। भारत कोभिड–१९ को हटस्पट बनिरहँदा अक्सिजन, औषधि रहस्पिटलमा बेडको कमी देखिएका पनि छन्। यही महामारीकै कारण विश्वको ठूलो फ्रेन्चाइज लिग भारतको ६ शहरमा बन्द रंगशालामै सञ्चालन भइरहेको छ। गत वर्ष आइपिएल युएईमा सञ्चालन भए पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले यस पटक भने घरमै सञ्चालन गर्ने निर्णय लिएको थियो।  

भारतले आगामी अक्टोबर–नोभेम्बरमा ट्वान्टी–२० विश्वकपको पनि आयोजाना गर्दै छ। तर, आइपिएलकै आयोजनामा प्रश्न खडा भइरहेको छ। ‘जाम्पा ररिचर्डसन व्यक्तिगत कारणले घरफर्किंदै छन्। त्यसैले उनीहरू बाँकी खेलमा उपस्थित हुने छैनन्,’ बैङ्लोरले भनेको छ। आइतबारघरफर्किसकेका टाईले केही सहकर्मीले पनि घरफर्किने मनसाय बनाएको बताएका छन्। अस्ट्रेलियालगायत केही राष्ट्रले महामारीकै कारण भारतबाट देश प्रवेशमा रोक लगाएपछि खेलाडीको पछिल्ला निर्णय आएको बताइएको छ। ‘मैले जुन निर्णय गरें, त्यसप्रति मेरो सहकर्मी पनि खुसी थिए,’ टाईले एक रेडियोसँगको कुराकानीमा भनेका छन्।  

क्रिकेट अस्ट्रेलिया (सिए) ले पनि आइपिएलमा रहेका खेलाडी, प्रशिक्षक रकमेन्टेटर्ससँग छलफल गर्दै उनीहरूको प्रतिक्रिया लिनुका साथै अस्ट्रेलियन सरकारको सुझाव पनि प्रवाह गरेको जनाएको छ। ‘यस समय भारतका मानिसहरू निकै असहज परिस्थितिमा छन् भन्ने हाम्रो मान्यता हो,’ सिएको विज्ञप्तिमा भनिएको छ। दिल्ली क्यापिटल्सका प्रशिक्षक रिकी पोन्टिङले पनि भारतमा महामारीको अवस्था निकै गम्भीरअवस्था रहेको प्रतिक्रिया दिएका छन्। आफ्ना खेलाडीको परिवारबारे दैनिक रूपमा उनीहरूसँग जानकारी लिने गरेको पोन्टिङले बताएका छन्।  

भारतका केही ठूला पत्रिकाले पनि यस्तो दुःख लाग्दो परिस्थितिमा पनि क्रिकेटको पर्व चल्नु गलत भएको जनाएका छन्। कोलकाता नाइट राइडर्सका मेन्टरडेभिड हसीले यस समय आफ्नो केही स्टाफ रखेलाडीले पिता गुमाउनुपरेको बताए। एक स्रोतका अनुसारचारफ्रेन्चाइज टोलीले पनि लिखित रूपमै लिग रद्द गर्नुपर्ने माग गरेको बताएको छ।

प्रकाशित: १४ वैशाख २०७८ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App