शिक्षाकर्मी तथा साहित्यकार कमला घिमिरे अधिकारीले हालसालै नयाँ गीत ‘असल साथी’ ल्याएकी छन्।
आफ्नै च्यानल हाेनी बि केजी च्यानल मार्फत उनले गीत बजारमा ल्याएकी हुन्। यस गीतमा संरक्षक राम अधिकारी, सङ्गीत संयोजनमा बलराम समाल र स्वर सिए प्रितिशा अधिकारीको रहेको छ।
यसअघि पनि उनका २० जति बालगीत रेकर्ड भइसकेका छन्। नमस्कार गुरुआमा, पोखरीको हाँस, मोबाइल खेलाउने बानीले, कलम, आमा, तरकारीका नाम, फलफूलका नाम, पोशाक, किताबका पाना, पुतली, मेरो देश लगायतकाे गीत रेकर्ड भएकाे छ।
उक्त गीतहरूमा लाेकप्रिय संगीतकार बलराम समाल मगरले संगीत संयोजन गरेका छन्। स्वरमा बालगायकगायिकाहरू रेयान्स अधिकारी, सुविज्ञा पौडेल, आराध्या अधिकारी, आरज्ञा अधिकारी, अद्विक न्यौपाने, रिजन थापा, काफिया कँडेल, ड्रिमसन राना मगरकाे साथमा गायिका सिए प्रितिशा अधिकारीको छ।गीतकार घिमिरेले आधुनिक गीतहरू पनि रेकर्ड गराएकी छन्।
लमजुङमा जन्मिएर काठमाडौंमा बसोबास गर्दै आएकी गीतकार घिमिरे गीत, बालगीत, मुक्तक, हाइकु, लघुकथा, गजल जस्ता साहित्यका विविध विधामा कलम चलाउँछिन्।
‘महको महलमा’ (हाइकुसङ्ग्रह,२०७९), ‘मामाघर’ (बालकवितासङ्ग्रह, २०७९) र ‘रश्मि’ (मुक्तकसङ्ग्रह,२०८०) उनका प्रकाशित कृति हुन्।
प्रकाशित: ७ फाल्गुन २०८२ १२:१९ बिहीबार





