इजरायली सेनाले इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको घरमा ३० वटा बम खसालेको बताइएको छ।
द वाल स्ट्रिट जर्नलको एक रिपोर्टका अनुसार इजरायली र अमेरिकी गुप्तचर एजेन्सीहरू लामो समयदेखि यस्तो अवसर खोजिरहेका थिए जब शीर्ष इरानी नेताहरू बैठकमा सँगै उपस्थित हुनेछन्।
उनीहरूले शनिबार बिहान यस्तो अवसर पाएको बताइएको छ। इजरायली स्रोतहरूका अनुसार तीन महत्त्वपूर्ण बैठकहरू खुलासा भएका थिए, जसमा खामेनी पनि उपस्थित थिए।
रिपोर्टका अनुसार यो अवसरलाई महत्वपूर्ण मान्दै दिउँसोको समयमा आक्रमण गरिएको थियो। इजरायली लडाकु विमानहरूले खामेनीको घरमा लगभग ३० वटा बम खसालेका थिए भने भवन पूर्ण रूपमा ध्वस्त भएको छ।
सीबीएसको रिपोर्ट अनुसार आक्रमणमा लगभग ४० इरानी अधिकारीहरू मारिएका थिए, जसमा खामेनीका नजिकका सल्लाहकार अली शामखानी, रिभोलुसनरी गार्ड कमाण्डर मोहम्मद पाकपुर र रक्षामन्त्री अजिज नासिरजादेह पनि समावेश थिए।
प्रकाशित: १७ फाल्गुन २०८२ ०८:४८ आइतबार





