२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्रदेश २ मा ५७ जनामा संक्रमण पुष्टि

प्रदेश २ मा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै यस प्रदेशमा संक्रमितको संख्या ५५४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कैलालीका सात स्थानीय तह मिलेर अस्पताल सञ्चालन गर्दै

कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन्।

प्रदेश २ मा थप ९६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४९६ पुग्यो

प्रदेश २ मा थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै यस प्रदेशमा संक्रमितको संख्या ४९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट प्रशिक्षकका पिताको निधन

कोरोनाको संक्रमणबाट एस्टन भिल्लाका प्रशिक्षक डिन स्मिथका पिताको निधन भएको इङ्लिस प्रिमियर क्लबले बुधबार घोषणा गरेको छ । डिन स्मिथका ७९ वर्षीय रोन स्मिथ दुई सातादेखि कोरोनाको संक्रमणबाट ग्रसित भएका थिए । बुधबार उनको कोरोनाका कारण मृत्यु भएको क्लबले बुधबार घोषणा गरेको हो ।

दाङको कोरोना अस्पतालका ८ जना डिस्चार्ज

दाङको बेलझुण्डि स्थित कोरोना बिशेष अस्पतालमा रहेका ८ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना जितेका उनीहरूलाई शुक्रवार घर पठाउन लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सर्बेश शर्माले जानकारी दिए । कोरोना जितेका दाङ गढवाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका तीनजना छन् ।

वडाध्यक्षलाई कोरोना संक्रमण, जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा

बाँकेको राप्ती सोनारी गाउँपालिकाका एक वडाध्यक्षलाई कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी क्वारेन्टिनमा बसेका छन्।

कपिलवस्तुमा थप २४ जना कोरोना संक्रमण

कपिलवस्तुमा बिहीबार फेरी एकै दिनमा २४ जना कोरोना संक्रमित थपिएका छन् । दिउँसो नौ जना र साँझ १५ जना गरी कुल २४ जना संक्रमित थपिएका हुन ।

क्वारेन्टिनमा सकस, ‘उकुसमुकुस क्वारेन्टिन, परीक्षण कहिले ?’

घोराही उपमहानगरपालिका वडा नम्बर ७ का रामवहादुर ओली (नाम परिवर्तन) ११ दिन अघि भारतबाट दाङ आए । दाङ आएका उनी मावि सौँडियारमा रहेको क्वारेन्टिनमा गए । ११ दिन देखि क्वारेन्टिनमा रहेका उनको स्वाब परीक्षण अहिले सम्म हुन सकेको छैन । क्वारेन्टिनमा रहेको एउटै पानीको धारा । त्यहाँ रहेका सबैले उहि धारोको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ ।

भारतबाट फर्कने क्रममा मृत्यु भएका व्यक्तीमा कोरोना पोजेटिभ

गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका कृष्ण बहादुर गैरेको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।

अनुशासन मैत्री बनाउनु पहिलो प्राथामिकता

कोरोनाका संक्रमणको बिषम परिस्थितिलाई नियन्त्रणमा ल्याउँन जिल्लालाई नै अनुशासन मैत्री बनाउँन पर्ने पहिलो प्राथामिकतामा रहेको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताएका छन् । बाँकेमा पनि कुरम्बाङ अध्यक्षता बसेको पहिलो निर्णयबाट निषेधाज्ञामा कडा गर्ने भएको छ ।

जुन र जुलाईमा कोरोना संक्रमण बढ्नसक्ने

नेपाली सेनाले आगामी जुन र जुलाईमा कोरोना संक्रमण बढ्नसक्ने आँकलन गरिएको जनाएको छ । सेनाले बुधबार भिडियो कन्फरेन्समार्फत गरेको पत्रकार सम्मेलनमा सेनाको चिकित्सक टोलीको समेत संलग्नतामा गरिएको एक अध्ययनका आधारमा यस्तो आँकलन गरिएको जानकारी दिएको छ । सेनाले कन्ट्र्याक ट्रेसिङ, केस स्टडिज तथा कोरोना प्रभावित विभिन्न मुलुकको तथ्यांक विश्लेषणका आधारमा यस्तो निष्कर्ष निकालेको हो ।

‘गर्मी बढ्यो, पातला लुगा छैनन्’

अहिले धनगढीको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । दिनानुदिन गर्मीको पारो चढ्दै गइरहेका बेला बाक्ला लुगा त्यागेर पालता लुगाको खोजीमा आम नागरिक छन् ।

दाङमा एकैदिन १५ जनामा कोरोना संक्रमण

दाङमा थप १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा बुधबार १५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू घोराही उपमहानगरपालिकाका सात जना पुरुषहरू छन्। यसैगरी लमहीका आठ जना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

रौतहटमा एकै दिन थपिए ३५ कोरोना संक्रमित

रौतहटमा एकै दिन ३५ जना कोरोना संक्रमित पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन् । बुधबार रौतहटमा ३५ जना थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ ।

रसियामा कोरोना संक्रमण उच्चतम विन्दुमा पुगेको राष्ट्रपति पुटिनको भनाई

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्