४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अनुशासन मैत्री बनाउनु पहिलो प्राथामिकता

‘जिल्लाको क्वारेन्टिन भद्रगोल अवस्थामा छ, त्यसलाई सुधार गर्नुपर्ने छ’

कार्यकक्षमा प्रजिअ कुरुम्बाङ ।

कोरोनाका संक्रमणको बिषम परिस्थितिलाई नियन्त्रणमा ल्याउँन जिल्लालाई नै अनुशासन मैत्री बनाउनु पहिलो प्राथामिकतामा रहेको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताएका छन् । बाँकेमा पनि कुरम्बाङ अध्यक्षता बसेको पहिलो निर्णयबाट निषेधाज्ञामा कडा गर्ने भएको छ । राति १० वजेपछि खुल्ला सीमा नाकाबाट अबैध गतिबिधि रोक्न रातिमा झन कडा निशेधाज्ञा जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

औद्योगिक शहरको रुपमा स्थापित रहेको जिल्ला अनुशासन मैत्री नभएसम्म कोरोना संक्रमण समुदायमा फैलिएको बिषम परिस्थितिको जुध्न असम्भव प्राय देखिएको उनको भनाई  छ । ‘जिल्लाको व्यवस्थापन भद्रगोल अबस्थामा छ’ उनी भन्छन, ‘क्वारेन्टिन, आईसोलेसनको व्यवस्थापन र भिटिएम अभाव भएको स्थिति सम्हाल्न जटिलता छ, जटिलता सहजता उन्मुख बनाउँन हरसम्भव प्रयास हुन्छ ।’

बाँके जिल्लामा कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर जाने स्थिति पछि गृह मन्त्रालको निर्णय बुधबार बाँके जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका कुरुम्बाङले प्रशासन र सर्वसाधरण दुबै अनुशासन मैत्री हुन जरुरी रहेकोे उनले औल्याए ।

‘बाँकेमा लकडाउनको कार्यान्वयनमा उल्लंघन वा लापरवाही भईरहेको बुझिएको छ,’उनले भने,‘प्रशासन ‘जादुको छडि त होईन’,जिल्लाबासीले कस्को सुरक्षाका लागि निशेधाज्ञा जारी गरिएको हो भन्ने नबुझ्नु बिडम्बना हो ।’

‘प्रशासनले निशेधाज्ञा जारी गर्ने, अरु तोड्ने गरेपछि संक्रमणको जोखिम रहिरहन्छ,’ उनले भने, ‘बिषम परिस्थितिमा प्रशासन पनि अनुशासन भन्दा बिमुख हुन भएन र जिल्लाबासी र स्थानीयतहका जनप्रतिनिधिले पनि प्रशासनसँग हातेमालो गर्न पर्ने हुन्छ ।’ कोरोना संक्रमण जित्नको लागि सबै  पक्षिय अनुशासन बस्दा सम्भव हुने उनको भनाई छ ।

भारतको रुपडिहिया नाकाबाट दैनिक दुई हजार नेपाली भित्रिरहेका छन्, उनीहरूको व्यवस्थापन गर्न अर्को गम्भिर चुनौतीमा देखिएको उनको भनाई छ । ‘सीमामा नेपालीको भिँड बढेको छ,’ उनले भने, ‘सेफ ल्याडिङ गराउँनका लागि गृहकार्य भईरहेको छ, जुन जुन जिल्लाका हुन त्यहाँ सम्म सुरक्षित अवतरण गराउँनु पर्ने छ ।’

‘भारतबाट नेपाल भित्रिने संख्या अधिक छ, कोरोना संक्रमण फैलिन सक्ने उत्तिकै त्रास छ’उनले भने,‘जिल्लाको क्वारेन्टिन भद्रगोल अवस्थामा छ, त्यसलाई सुधार गर्नुपर्ने छ ।’ पछिल्लो समय नैरैनापुरमा समुदायमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि दक्ष जनशक्ति नै त्यस क्षेत्रमा परिचालन गर्न पर्ने देखिएको छ ।  

संवेदनशील क्षेत्रमा प्रशासन नजर रहने उनले प्रतिबद्धता व्यक्त गरे । ‘त्यस क्षेत्रमा सचेतना र त्यँहा क्वारेन्टिन व्यवस्थित गराउँन प्रशासन लागिपर्ने छ,’ उनले भने, ‘जटिलतलाई सहजता तर्फ उन्मुख हुनलाई नै जिल्लाबासीको सहयोग अपरीहार्य छ ।’ मरो जिल्ला भित्र हुने पहिलो भ्रमण वा अनुगमन नरैनापुर क्षेत्रको अवस्था बुझ्न र त्यसको समाधान गर्ने उनले बताए ।  

प्रजिअ कुरुम्बाङ आठ जिल्लाका प्रजिअ जिम्मेवारी रहँदा बिपद व्यवस्थापन, राजश्व असुली, शान्ती सुरक्षा र समन्वयकारी भूमिका निभाउँन सक्ने गृह मन्त्रालयका दक्ष अधिकृतको रुपमा चिनिन्छन। गत बर्ष बर्दिया जिल्लामा प्रजिअको भूमिका रहदा कार्यसम्पादन मूल्याकंनमा बर्दिया जिल्ला एक नम्बरमा पर्नुको श्रय कुरुम्बाङले मन्त्रालय दिएको थियो ।  

बिकासे अड्डा प्रमुख र स्थानीयतहसँगको समन्वयमा जिल्ला बिकासका लागि कसरी सुरक्षित तरिकाले बिकासका कामलाई अघि बढाउने बिषयमा छलफल पछि  कामले गति पाउँने उनले बिश्वास दिलाए । उनका अनुसार १ सय ७० जना कोराना संक्रमित रहेको जिल्लाको स्थतिलाई हेर्दा चार ठाउँमा रहेका आइसोलेसन प्रयाप्त नभएका आईसोलेसन व्यवस्थापन र क्वारेन्टिनको व्यस्थापन पनि प्रथामिकता राखेको उनले जानकारी  दिए ।

प्रकाशित: १५ जेष्ठ २०७७ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App