१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा थप २४ जना कोरोना संक्रमण

कपिलवस्तुमा बिहीबार फेरी एकै दिनमा २४ जना कोरोना संक्रमित थपिएका छन् । दिउँसो नौ जना र साँझ १५ जना गरी कुल २४ जना संक्रमित थपिएका हुन । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १ सय ३३ रहेको छ ।

 जसमा एक जना अर्घाखाचीकाका समेत छन् । बिजयनथगर गाउँपालिकाका नौ जना कपिलवस्तु नगरपालिकाका १३ र महाराजगंज नगरपालिकाका एक जना संक्रमित थपिएका हुन । थपिएका सबै पुरुष रहेको र १७ देखि ५२ वर्ष उमेर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  

पोजेटिभ पुष्टि भएका विजयनगर गाउँपालिका वडा न. ३ का बर्ष २३,३० का पुरुष २जना, वाड न ५ का बर्ष २६ का पुरुष १ जना, वाड न ७ का बर्ष ४३,५२,३७,३९,४०,२७ का पुरुष ६ जना छन् । कपिलवस्तु नगरपालिका वाड न ७ बर्ष २७ का पुरुष १ जना , वडा न ८ का बर्ष ३६,४०,१७,४४,२३,३५,२५,२८,३२,२५,३४,२० का पुरुष हुन । ( महाराजगन्ज नगरपालिका वाड न ७ बर्ष ३० का पुरुष १ छन् ।  

उता अर्घाखाँची जिल्ला भुमिकास्थान गाउँपालिका वाड न ९ का बर्ष ३५ का पुरुष जो भारतबाट नेपाल आउदै गर्दा भारत ( बाटोमा) मृत्यु भएको थियो । निजको नमुना गत जेठ ११ गते कृष्णनगरमा संकलन गरिएको थियो । संक्रमित सबैको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जिल्ला स्वास्थय कार्यालयका प्रमुख यागेन्द्र भगतले बताए । 

प्रकाशित: १५ जेष्ठ २०७७ १६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App