२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश २ मा थप ९६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४९६ पुग्यो

प्रदेश २ मा थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै यस प्रदेशमा संक्रमितको संख्या ४९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीामा ५ जना, धनुषामा १ जना, सर्लाहीमा जिल्लामा ४ जना, रौतहटमा ७३ जना, बारामा ४ जना र पर्सामा ९ जनामा कोरोना संक्रणको पुष्टि भएको हो ।  

सप्तरीको राजबिराज नगरपालिकाका ५ जना पुरुष छन् । धनुषाको खजुरी क्वारेन्टिनमा बसेकी ५० वर्षिया १ जना महिलामा संक्रमण पुष्टि भएको छ । सर्लाहीको कौडेना गाउँपालिकाका २ जना पुरुष, मलंगवा नगरपालिकाका १ जना पुरुष र १ जना महिलागरी कुल ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

रौतहटको राजपुर नगरपालिका स्थित राजपुर फतवा क्वारेन्टिनमा रहेका ५० जना पुरुष, रौतहटकै बोधिमाई नगरपालिकास्थित सरमझुवा क्वारेन्टिनमा रहेका २ जना, मौलापुर नगरपालिकास्थित पतौरा प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा रहेका ६ जना पुरुष, ईशनाथ नगरपालिकास्थित डुमरिया मावि क्वान्टिनमा रहेका २ महिला र १३ जना पुरुष गरी ७३ जनामा संक्रमण पुष्टि भएको छ ।  

बाराको पचरौता गाउँपालिकाको क्वारेन्टिनमा रहेका ४ जना, पर्साको जिरा भवानी गाउँपालिकामा १ जना र पोखरिया नगरपालिकामा ८ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको छ । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ४ सय ९६ पुगेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले पुष्टि गरेका छन् ।  

प्रकाशित: १६ जेष्ठ २०७७ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App