२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

कोरोनाबाट प्रशिक्षकका पिताको निधन

कोरोनाको संक्रमणबाट एस्टन भिल्लाका प्रशिक्षक डिन स्मिथका पिताको निधन भएको इङ्लिस प्रिमियर क्लबले बुधबार घोषणा गरेको छ । डिन स्मिथका ७९ वर्षीय रोन स्मिथ दुई सातादेखि कोरोनाको संक्रमणबाट ग्रसित भएका थिए । बुधबार उनको कोरोनाका कारण मृत्यु भएको क्लबले बुधबार घोषणा गरेको हो ।

‘पूरै क्लब नै प्रशिक्षकका पिताको निधनले स्तब्ध बनाएको छ । ७९ वर्षको उमेरमा निधन हुँदा हामीले राम्रा समर्थकलाई गुमाएका छौं,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ, ‘पछिल्लो दुई साता उच्च निगरानीमा स्वास्थ्यसँग लडिरहनुभएको थियो ।’

घरेलु मैदानमा खेल हुँदाका सदावहार दर्शक स्मिथ एस्टन भिल्लाले सन् १९८२ मा युरोपियन कपको उपाधि उचाल्दा साक्षी थिए । समर्थक गुमाएको क्लबले दुख व्यक्त गर्दै शोकाकुल परिवारप्रति श्रद्धाञ्जलि दिएको छ । प्रशिक्षक स्मिथ कोरोनाका कारण नजिकको व्यक्ति गुमाउने प्रिमियर लिग क्लबका पहिलो प्रशिक्षक हुन् ।  यसअघि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकी ८२ वर्षीया आमामा कोरोना संक्रमणको संकेत देखिएको दाबी गरिएको थियो । तर अहिलेसम्म अप्रिय घटना घटेको छैन ।

प्रकाशित: १६ जेष्ठ २०७७ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App