२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटमा एकै दिन थपिए ३५ कोरोना संक्रमित

रौतहटमा एकै दिन ३५ जना कोरोना संक्रमित पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन् । बुधबार रौतहटमा ३५ जना थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ ।

जिल्लामा करिब तीन हजार पाँच सयको हाराहारीमा विभिन्न क्वारेन्टिनमा बसेका छन् । क्वारेन्टिनमा बसेकाहरूको स्वाब परीक्षण गर्ने क्रममा रौतहटमा संक्रमितहरुको संख्या बढ्दै गएको हो ।

बुधबार संक्रमित देखिएका ३५ जना नै क्वारेन्टिनमा रहेका छन् । बुधबार भेटिएका संक्रमितमध्ये कटहरिया र देवाही गोनाही नगरपालिकाका दुई÷दुई जना, गढीमाई नगरपालिकाका सात जना, गौर नगरपालिकाका आठ जना र ईशनाथ नगरपािलकाका १६ जना रहेको प्रजिअ घिमिरेले जानकारी गराएका छन्।

देशको सबैभन्दा बढी कारोना संक्रमण देखिएको रौतहटमा भने सर्वसाधारण पनि त्रास देखिएको छ । अधिकांश बजारमा भने दिनहुँ भीडभाड बढ्ने गरेको पाइएकोले सर्वासधारणमा झन् त्रास बढेको हो ।

प्रकाशित: १४ जेष्ठ २०७७ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App