२० आश्विन २०८१ आइतबार
image/svg+xml

रोल्पामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

मंगलवार रोल्पामा एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले रोल्पाका १ जना पुरुषमा कोरोना संक्रमण भएको बताएका हुन । स्वास्थ्य कार्यालय रोल्पाका अनुसार उनि सुनिलस्मृती गाउँपालिकाका २४ वर्षिय पुरुष हुन् ।

थप ३८० जनामा कोरोना, संक्रमितको संख्या ६ हजार पाँच सय ९१

मंगलबार नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयकाे प्रवक्ता जागेश्वर गाैतमका अनुसार कुल सं‌क्रमितको संख्या ६ हजार पाँच ९१पुगेकाे बताएका छन् । मंगलबार थपिएकामा २८ महिला र तीन सय ५२ पुरुष रहेकाे छन् ।

कर्णालीमा थप नौ जनामा कोरोना संक्रमण

कर्णालीमा मंगलबार थप नौजना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ८६ पुगेको छ ।

ताप्लेजुङमा कोरोना संक्रमण रोक्न काबेलीको हेल्थ डेक्स मंसिर सम्म रहने

अहिले सम्म कोरोना संक्रमित फेला नपरेको ताप्लेजुङमा संक्रमण फेला नपर्ने अवस्था कायम राख्न सीमा क्षेत्र काबेलीमा स्थापित हेल्थ डेक्सलाई आउँदो मंसिर महिना सम्म कायम राखिने भएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिले संक्रमण बिहिन जिल्लाको रुपमा ताप्लेजुङलाई कायम राख्न सीमा क्षेत्र काबेलीमा रहेको हेल्थ डेक्सलाई कायम राख्ने निर्णय लिएको हो । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सीमा क्षेत्र आवत जावतमा कडाई गर्ने नीति अनुरुप हेल्थ डेक्सलाई थप प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए ।

उपत्यकाका पाँच जना सहित थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको जनाएकाे छ । याे सँगै कुल संक्रमितको संख्या ६ हजार दुई सय ११ जना पुगेको छ । हालसम्म १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले बताएका छन्।

कपिलवस्तुमा १२ जना संक्रमित थपिए

कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ६ सय ४६ पुगेको छ । स्वास्थ्य कार्यालय, कपिलवस्तु अजुसार बाणगंगा नगरपालिकामा ९ जना र बिजयनगर गाउपालिकामा ३ नजा संक्रमित थपिएका हुन् ।

कर्णालीमा कोरोना संक्रमितको संख्या ९६७ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या नौ सय ६७ पुगेको छ । आइतबार ५२ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या नौ सय ६७ जना पुगेको हो ।

११ दिनमा ३ हजार २३६ संक्रमित थपिए, १० जनाकाे कोरोनाबाट मृत्यु

जेठ ५ गतेसम्म नेपालमा ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए । जेठ ६ गतेदेखि जेठ २० गतेसम्म १ हजार ७ सय २४ जना थपिएका थिए ।

सेभियाको सुखद सुरुआत

कोरोना भाइरस संक्रमणको महामारीका कारण तीन महिना रोकिएको स्पेनिस ला लिगा बिहीबारबाट पुनः सुचारु भयो । जहाँ सेभियाले सुखद सुरुआत गर्ने क्रममा रियाल बेटिसलाई हरायो ।

बाटो बनाउँदै पैसा बुझ्दै

कोरोनाबाट जनतामा परेको समस्या समाधान गर्न जुनिचाँदे गाउँपालिकाले काम गरेर जीविकोपार्जन गर्न विभिन्न योजना बनाएर रोजगारी दिएको छ।

धादिङमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा शुक्रबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आइ स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएकाहरुमा कोरोना पुष्टि भएको हो ।

क्वारेन्टिनमा शून्य सुरक्षा, सहजै भाग्छन् क्वारेन्टिन बसेकाहरू

तीन दिन अघि तुलसीपुर उपमहानगरपालिका ८ स्थित क्वारेन्टिनबाट एक महिला भागिन् । स्थायी घर सल्यान भई हाल तुलसीपुरमा डेरा गरि बस्दै आएकी ति महिला र उनका श्रीमान केही दिन अघि भारतबाट आएका थिए । उनीहरू दुबैजना क्वारेन्टिनमा बस्दै आएका थिए । मध्यरातमा क्वारेन्टिनबाट भागेकी महिलाका श्रीमानले समेत उनी भागेको थाहा पाउन सकेनन्।

कोरोना संक्रमणबाट एकको मृत्यु, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट १६ औं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँचीका एक ५७ वर्षिय पुरूषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । जिल्लाको मालारानी क्वारेन्टिानमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । योसंगै नेपालमा मृतकको संख्या १६ पुगेको छ । जेठ २९ गते भैरहवामा भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनी भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका थिए । उनको अर्घाखाँचीमै अन्तेष्टि गरिने भएको छ ।

समुदायमा फैलदैं कोरोना संक्रमण

अघिल्लो महिनासम्म कर्णाली कोरोना संक्रमणबाट टाढै थियो। संघीय सरकारले सिंगो देश लकडाउन (बन्दाबन्दी) गरिरहँदा कर्णालीले भने प्रदेशलाई ‘सिल’ गरेको थियो। भारतबाट मात्रै होइन्, अन्य प्रदेशबाट आउने नागरिकदेखि खाद्यान्नसमेतमा कडिकडाउ थियो।

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत

कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई बढैयाताल गाउँपालिकाले राहत दिने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्