coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपत्यकाका पाँच जना सहित थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको जनाएकाे छ । याे सँगै कुल संक्रमितको संख्या ६ हजार दुई सय ११ जना पुगेको छ । हालसम्म १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले बताएका छन्। 

मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जना, दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै धादिङका नाै जना, गुल्मीका सात, तनहुँ र बाँकेका पाँच/पाँच जना, धनुषा, सिराहा, रोल्पा र डोटीका चार/चार जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम तीन/तीन जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका पाँच जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरकी एक महिलामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित: १ असार २०७७ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App