९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा कोरोना संक्रमण रोक्न काबेलीको हेल्थ डेक्स मंसिर सम्म रहने

क्याप्शन

अहिले सम्म कोरोना संक्रमित फेला नपरेको ताप्लेजुङमा संक्रमण फेला नपर्ने अवस्था कायम राख्न सीमा क्षेत्र काबेलीमा स्थापित हेल्थ डेक्सलाई आउँदो मंसिर महिना सम्म कायम राखिने भएको छ ।  कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिले संक्रमण बिहिन जिल्लाको रुपमा ताप्लेजुङलाई कायम राख्न सीमा क्षेत्र काबेलीमा रहेको हेल्थ डेक्सलाई कायम राख्ने निर्णय लिएको हो । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सीमा क्षेत्र आवत जावतमा कडाई गर्ने नीति अनुरुप हेल्थ डेक्सलाई थप प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए ।  

चैत महिना देखि काबेलीमा स्थापित हेल्थ डेक्समा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको टोली र त्यहाँ लाग्ने स्वास्थ्य सामग्री व्यवस्थापनको खर्च पाथीभरा याङ्वरक गाउँपालिकले व्यहोर्दै आएको थियो । लामो समय सम्म हेल्थ डेक्स राख्नपर्ने भएकोले अब बाँकी दायित्व यहाँका अरु ६ वटा स्थानीय तहले समेत व्यहोर्ने भएका छन् । यो सीमा नाका नआई उतैबाट गन्तब्य सम्म पुग्न सक्ने स्थानीय तहले भने यो हेल्थ डेक्सको खर्च व्यहोर्ने छैनन् ।

सिदिङ्वा र सिरिजङ्घा गाउँपालिका जानका लागि भने पाँचथरको गणेश चौकबाटै बाटो छुटिन्छ । काबेली हुदैं आफ्नो गाउँपालिका प्रबेश गर्ने मध्ये असारको खर्च फुङ्लिङ नगरपालिकाले,साउनको मिक्वाखोला गाउँपालिकाले,भदौको मेरिङ्देनले,असोजको आठराई त्रिबेणीले ,कात्तिकको फक्ताङ्लुङले र मंसिरको मैवाखोला गाउँपालिकाले व्यहोर्ने गरी निर्णय भएको कोरोना नियन्त्रण तथा वयवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए ।  

प्रकाशित: २ असार २०७७ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App