१९ वैशाख २०८१ बुधबार
image/svg+xml

सूर्याेदयले किसानलाई राहत दिने

सूर्याेदय नगरपालिकाका किसानले लम्पी स्किन रोगका कारण क्षति भएका पशुचौपायाको क्षतिपूर्ति पाउने भएका छन्।

जरुरी महत्त्वका प्रस्ताव सधैं निष्क्रिय

प्रतिनिधिसभाका दुईवटा अधिवेशनमा जरुरी महत्त्वको प्रस्तावमाथि छलफल नै भएन। कुनै पनि प्रस्तावमाथि छलफल नभएपछि संसद्को अधिवेशन अन्त्यसँगै सबै प्रस्ताव निष्क्रिय हुँदै आएका छन्।

अर्बाैको क्षतिपछि लम्पी स्किन खोपमा अनियमितताको आशंका

गाईभैंसीमा लागेको लम्पी स्किन रोग (एलएसडी) विरुद्धको खोप ११ लाख पशुमा लगाइसकेपछि सरकारी निकाय पशु सेवा विभाग नै अन्योलमा परेको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

सुदूरपश्चिममा महामारीको रूप लिएको पशु चौपायामा लाग्ने लम्पी स्किन रोग विस्तारै नियन्त्रणमा आउँन थालेको छ।

नियन्त्रणमा आउँदै लम्पी स्किन

लम्पी स्किन रोगका कारण पशु चौपायामा महामारीको रुप लिएको सुदूरपश्चिममा विस्तारै नियन्त्रणमा आउन थालेको छ।

लम्पी स्किनका कारण ६४ अर्बको क्षति

पशु चौपायामा लाग्ने लम्पी स्किन रोगबाट करिब ६४ अर्ब रूपैयाँको क्षति भएको छ। नेपाल पशु चिकित्सा परिषद्को अध्ययन अनुसार मुलुकभर १३ लाख ५ हजार ३ सय ६१ पशु संक्रमित हुँदा ६४ अर्ब १३ करोड रूपैयाँको क्षति पुगेको हो।

बागमती प्रदेशमा लगाइयो ४८ हजार लम्पी स्किन खोप

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ४८ हजार ३६४ पशुमा लम्पी स्किनको खोप लगाइएको छ।

लम्पी स्किनबाट लुम्बिनीमा साढे ७ हजार पशु मरे, १ लाख ८४ हजार संक्रमित

लम्पी स्किनबाट लुम्बिनी प्रदेशमा हालसम्म ७ हजार ४ सय पशु मरेका छन्। १ लाख ८४ हजार पशुमा यो रोगको संक्रमण देखिएको छ।

लम्पी स्किनले गण्डकीमा मात्र ३७ सय बढी पशु मरे

पशुमा देखिएको लम्पी स्किन रोगको संक्रमण अझै कम भएको छैन। अहिले पनि यो रोगले पशु मर्ने क्रम रोकिएको छैन। गण्डकी प्रदेशमा अझै करिब ३६ हजार पशु लम्पी स्किन संक्रमणले बिरामी छन्। अहिलेसम्म प्रदेशमा ३ हजार ७ सय ४२ वटा पशुको यो रोगले मृत्यु भईसकेको छ। प्रदेशमा अहिलेसम्म १६ सय २१ वटा गाई र १६ सय १६ वटा गोरु लम्पी स्किन रोगले मरेका छन्। त्यस्तै ५० वटा भैंसी र ४ सय ५५ वटा बाच्चाबाच्छी पनि यही रोगले मरेका छन्। ‘

गण्डकीमा दूध,मासु र अण्डा उत्पादन घट्यो

गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ। पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो।

बागमती प्रदेशका ७० हजार पशुलाई लम्पी स्किनविरुद्धको खोप

बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ७० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप दिने भएको छ। यही साउन २५ गतेदेखि ३१ गतेसम्म अभियानका रुपमा खोप लगाउन सुरु गरिने मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए।

बुकीमै पुगेर लम्पी स्किनको उपचार

बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन्।

ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो

ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ। झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो।

कपिलवस्तुमा ८ हजार बढी पशु लम्पी स्किनबाट संक्रमित

जिल्लामा ८ हजार ४६ गाईगोरु लम्पी स्किन रोगबाट संक्रमित भएको भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्