२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

नियन्त्रणमा आउँदै लम्पी स्किन

सुदूरपश्चिममा महामारीको रूप लिएको पशु चौपायामा लाग्ने लम्पी स्किन रोग विस्तारै नियन्त्रणमा आउँन थालेको छ। ३ लाख ३६ हजार २ सय ७८ गाई गोरु र १० हजार ५ सय ३० भैँसीमा लम्पी स्किनको संक्रमण फैलिएको छ। १४ हजार २ सय ९२ गाई गोरु र ९८ वटा भैँसीको मृत्यु भएको छ भने ७ हजार १ सय १७ पशुमा खोप लगाइएको छ।  

हुम्लामा कोदो महोत्सव

रैथाने बाली कोदोको प्रबर्द्धनका लागि हुम्लामा कोदो महोत्सव हुँदै छ। अन्तर्राष्ट्रिय कोदो दिवसको अवसरमा असोज १५ गते पहिलो पटक स्थानीय कोदो बालीको संरक्षण, प्रबर्द्धन र प्रचारप्रसारका लागि महोत्सव गरिने कृषि विकास कार्यालय हुम्लाले बताएको छ।  

नागरिकको स्वास्थ्यको सेवामा प्रदेश सरकार

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आँखाको नानी (कोर्निया) को निःशुल्क शल्यक्रिया सेवा प्रदान गरेको छ। प्रदेश सरकारको सहयोगमा पहिलो पटक थारू समुदायमा देखिने सिकलसेल एनीमियाका बिरामीहरूको स्वास्थ्य बिमाको सेवा समेत सुरु गरेको छ।

पाहुनाको पर्खाइमा पर्यटन व्यावसायी

पर्यटकको मुख्य सिजन मानिएको पोखरामा पर्यटन व्यावसायीहरू पर्यटकको पर्खाइमा छन्, प्याराग्लाइडिङ, हाइकिङ, अल्ट्रालाइट, बेलुन जस्ता गतिविधिमा पर्यटकको आकर्षण बढ्दो छ।

निकुञ्जले भत्कायो कुसुमखोलाका घरटहरा

हात्ती र सेनाको प्रयोग गरी चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका ९ कुसुमखोलास्थित मध्यवर्ती क्षेत्रको जंगल अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइएको छ। १ सय ६० घरमध्ये यसअघि १ सय ५९ घरहरू स्थानान्तरण भइसकेका थिए भने बुधबार २२ घरहरू हटाइएको हो।  

एसएसबीले बढायो निगरानी

खुल्ला सिमानाका कारण पछिल्लो समय तेस्रो मुलुकका नागरिक नेपाल हुँदै भारत प्रवेश गर्न थालेपछि भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले निगरानी बढाएको छ। यसअघि भारतीय भन्सार कटेपछि रक्सौल बजारमा जाँच गर्ने गरेका एसएसबीले केन्द्रको आदेश भन्दै नेपाल–भारत सीमाको मितेरी पुलमै जाँच गर्न थालेको छ।

संघीयता प्रति वितृष्णा पैदा भयोः मुख्यमन्त्री कार्की

राजनीतिक अस्थिरताले संघीयता प्रति नै वितृष्णा पैदा भइरहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्। जनतामा देखिएका निराशा हटाउन सबै राजनीतिक दलहरूबीच सहमति र सहकार्य हुनुपर्नेमा उनले जोड दिए। 

प्रकाशित: ३ आश्विन २०८० १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App