१० मंसिर २०८१ सोमबार
image/svg+xml

निषेधाज्ञा थप गर्नेबारे सहमति, सार्वजनिक गाडी सञ्चालनबारेको निर्णय भोलि १० बजे हुने

‘निषेधाज्ञा एक हप्ता थप गर्ने विषयमा एकमत भएका छौं, मोडालिटीसहित निर्णय हामी भोलि गर्छौं’ उनले भने, ‘भोलि साढे ८ बजे बैठक बसेर १० बजे निर्णय सार्वजनिक गर्ने गरी आजको बैठक सकिएको छ।’

यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी निषेधाज्ञाका कारण बन्द रहेको यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने भएको छ।काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई संसोधन गरी निरन्तरता दिएसँगै कार्यालयले पनि भोलिदेखि आफ्ना विविध सेवा सुचारु गर्ने भएको हो।

कोरोनाको कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी

कोरोना भाइरसको कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य बस्तुमा अत्यधिक मूल्यवृद्धि भएको र अखाद्य बस्तु किनबेच भइरहेको उपभोक्ताले गुनासो गरेका छन् ।

कांग्रेसद्वारा सरकारमा सहभागी हुने मन्त्रीहरुका लागि आचारसंहिता जारी

कर्णाली प्रदेश सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले उनीहरुका लागि आचारसंहिता जारी गरेको छ । कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले शनिबार सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढा क्षेत्री र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने सिफारिस गरेको छ ।

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५१ दिन यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ। भारतमा दैनिक मृत्यु दरमा हिजो केही कमी आएको छ।

राष्ट्रियसभा उपनिर्वाचनका लागि दाङमा मतदान जारी

लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यकालागि भइरहेको उपनिर्वाचनमा मतदान भइरहेको छ। दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्र परिसरमा बनाइएका तीन वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो।

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ। भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन्।

अर्घाखाँचीमा जेठ १० सम्म निषेधाज्ञा लम्बियो

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले ३१ गते शुक्रबारसम्म जारी गरेको निषेधाज्ञालाई १० गतेसम्म निरन्तरता दिने भएको हो। कोरोना संक्रमण दर बढ्दै गएकाले नियन्त्रण गर्न निषेधाज्ञा थपिएको बैठकले निर्णय गरेको छ।

कैलालीमा जेठ ६ गतेसम्म निषेधाज्ञा

कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमणले बिकराल रुप लिएर संक्रमण र मृत्युदर बढ्दै जान लागेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले कडा प्रावधानसहित जेठ ६ गतेसम्म कैलालीमा निषेधाज्ञा जारी गरेको छ ।

वाणिज्य बैंकको निक्षेप र कर्जा वृद्धि जारी

केही महिनादेखि नै निक्षेप संकलन र कर्जा लगानी वृद्धि गरिरहेका बेला वाणिज्य बैंकहरूले निषेधाज्ञामा पनि सोही क्रमलाई जारी राखेका छन्।

कालोबजारी गर्नेलाई दुई लाखसम्म जरिवाना

विभागले निषेधाज्ञा अवधिमा मातहतका निकायमार्फत उपत्यकासहित मुलुकका विभिन्न जिल्लामा सघन अनुगमन गरेर कैफियत भेटिएको ठाउँमा कारबाही गरेको जनाएको छ।

धरानमा एक संक्रमितको निधन

प्रतिष्ठानका अनुसार कोभिड अस्प्पतालमा धरान १६ का ४१ बर्षीय पुरुषको आज बिहान ९ बजेर ४ मिनेटमा मृत्यु भएको हो।

पाल्पामा जेठ ४ गतेसम्म थपियो निषेधाज्ञा

कोरोना भाइरसको संक्रमण बढेपछि संक्रमणलाई नियन्त्रण गर्न निषेधाज्ञालाई बढाइएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले बताए।

मोरङमा जेठ १ गतेसम्म निषेधाज्ञा

बिहीबार बसेको जिल्ला कोरोना संक्रमण नियन्त्रण समितिको बैठकले जेठ १ गतेसम्म जिल्लाभर निषेधाज्ञा गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो।

रेम्डिसिभिर कालोबजारी गर्ने एक पक्राउ

काठमाडौं टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका ४ घर भएका २५ वर्षीय रफिक मियालाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्