२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

कैलालीमा जेठ ६ गतेसम्म निषेधाज्ञा

बित्तिय संस्था र बैकंका सेवा समेत बन्द गरिने

कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमणले बिकराल रुप लिएर संक्रमण र मृत्युदर बढ्दै जान लागेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले कडा प्रावधानसहित जेठ ६ गतेसम्म कैलालीमा  निषेधाज्ञा जारी गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बैशाख २८ मंगलवार राती १२ बजेदेखि जेठ ६ गते रातीसम्मका लागि कडा प्रावधानसहित निषेधाज्ञा जारी गरेको बताएका छन् । यसअघि बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको कैलालीमा दोश्रो पटक थप गरेर जेठ ३० गतेसम्म थप गरिएको थियो । मंगलवार प्रजिअ रिजालले राती १२ बजेदेखि लागु हुने गरि जेठ ६ गतेसम्मका लागि आदेश जारी गरेका हुन् ।

जारी आदेशमा सार्वजनिक निर्माण गर्नेले कामदार, उपकरण सवै निर्माणस्थलमा राख्नुपर्ने र निर्माण कार्यको लागि भनेर निर्माणस्थल बाहिर सवारी साधन चलाउन र मानिसहरु आवागमन गर्न नपाउने भनिएको छ ।

यसैगरि आदेशमा अति आवश्यक बाहेक अन्य सार्वजनिक सेवा पुर्ण रुपमा स्थगन गर्न उल्लेख गर्दै अति आवश्यक सेवा प्रावह गर्ने बाहेकका अन्य कार्यालयले २५ प्रतिशत संख्यामा कर्मचारी र सवारीसाधन प्रयोग गरि कार्यालय आन्तरिक व्यवस्थापन मिलाउनु पर्ने भनिएको छ ।

राजस्व दाखिला र सरकारी कारोवार बाहेक बैकं तथा बित्तिय संस्थामा सवै सेवा बन्द गरि अत्यावश्यक भुक्तानी एटिएम तथा बिद्युतीय प्रणालीबाट गर्नुपर्ने छ ।

औषधि उपचार तथा अत्यावश्यक काम बाहेकका लागी घरबाट निस्कन र हिँडडुल गर्न नदिन कडाई गर्ने, अतिआवश्यक काम बाहेक सार्वजनिक तथा निजी सवारीसाधन संचालनमा पुर्ण रोक लगाइएको छ ।

यसैगरि स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी बाहेक अन्य पसल व्यवसाय संचालन गर्न रोक लगाइएको छ । तरकारी, फलफूल तथा खाद्य वस्तुका पसल, व्यवसाय मंगलबार, बिहीबार र शनिबार तीन दिन बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भनिएको छ ।

यसैगरि राष्ट्रिय गौरव र महत्वका आयोजना, परियोजना, विकास निर्माणका काम, उद्योग तथा कलकारखानाले श्रमिक र जनशक्तिलाई खाना र बस्ने व्यवस्था गरि अनिवार्य रुपमा कार्यस्थलमै राख्नुपर्ने, परिवार र अन्य मान्छेसँग सम्पर्क गर्न नदिने, सवै श्रमिकको प्रत्येक दिन ज्वरो नाप्ने र स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउन लगाउनु पर्ने छ । मजदुृरहरुलाई एक ठाउँबाट अर्काे ठाउँमा समूहगत रुपमा लैजान नपाइने भनिएको छ । 

जिल्लामा कोभिड १९ को संक्रमण तीव्र रुपमा बढीरहेकोले रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ दफा ६ ले दिएको अधिकार प्रयोग गरि निषेधाज्ञा जारी गरिएको प्रजिअ रिजालले बताएका छन् । कैलालीमा ३ हजार ६ सय ५१ जना सक्रिय संक्रमित रहेका छन् भने कोराना संक्रमणले १ सय २ जनाको ज्यान गैसकेको छ । सुदूरपश्चिममा सवैभन्दा बढी संक्रमण दर र मृत्यु दर भएको जिल्ला कैलाली हो ।

प्रकाशित: २८ वैशाख २०७८ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App