१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी निषेधाज्ञाका कारण बन्द रहेको यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने भएको छ।काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई संसोधन गरी निरन्तरता दिएसँगै कार्यालयले पनि भोलिदेखि आफ्ना विविध सेवा सुचारु गर्ने भएको हो। 

यातायात व्यवस्था कार्यालय जगातीले सूचना निकाल्दै भोलि असार ९ गतेदेखि सवारी चालक अनुमतिपत्रको नवीकरण र प्रतिलिपी, ट्रायल पास भई राजस्व बुझाउन बाँकी रहेका परीक्षार्थीहरु राजस्व संकलन एंव स्मार्टकार्ड वितरणको सेवाहरु सुचारु गर्ने जनाएको छ।

प्रकाशित: ८ असार २०७८ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App