१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘छाप्राकको राते पहराले निदाउन दिंदैन’

दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’। गाउँमाथि राते पहरो छ। यही पहराका कारण छाप्राक जोखिममा छ। गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस्। उनीहरूलाई उही राते पहराले निदाउन दिंदैन।

संसद्मा मधेसी, दलित,थारू र मुस्लिमको प्रतिनिधित्व घट्दो

प्रतिनिधिसभाको निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ १ सय ६५ सिटमा २ सय २५ महिला उम्मेदवारमध्ये नौजना प्रत्यक्षतर्फ निर्वाचित छन् भने ८२ जना समानुपातिकबाट निर्वाचित भएका छन्।

दलित युवकको मृत्युबारे गहन अनुसन्धान गरिने

रौतहटको कटहरियामा मृत अवस्थामा फेला परेको युवकको मृत्युबारे गहन अनुसन्धान गरिने प्रहरीले जनाएको छ। कटहरिया नगरपालिका ८ पोखरियाबाट बलुवा जाने बाटोको छेउमा फेला परेको दलित युवकको मृत्युको विषयमा रौतहट प्रहरीले गहन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मधेसका दलित भातृ संगठन एकजुट

मधेस प्रदेशमा क्रियाशील राजनीतिक दलका भातृ संगठनहरूको संयुक्त बैठकले मधेस प्रदेशस्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समिति गठन गरेको छ।

४ सय जना दलित बालबालिकाले पाए विद्यालय पोसाक

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका ४ सय जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन्। अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत दलित बालबालिकालाई शनिबार पोसाक वितरण गरेका छन्।

दलित महिला माथिको विभेद कायमै

“बलात्कार, कुटपिटलगायत महिला हिंसालाई सामान्य रूपमा लिनुपर्ने हाम्रो बाध्यता छ। पिटाइ खानु, अपमान, हिंसा सहनु हाम्रो भाग्यमा छ, यसबारे नसोधेकै राम्रो।” पर्सा जिल्लाको सखुवा परसौनी गाउँपालिकाको कौवावनकटैया गाउँ निवासी दलित महिला रितादेवी मुसहरले भनिन्।

कार्यपालिकाका दलित सदस्यलाई तालिम

मधेस प्रदेशका ८वटै जिल्लाका कार्यपालिकाका दलित सदस्यहरूको सञ्जालका पदाधिकारीलाई नेतृत्व विकास तालिम प्रदान गरिएको छ।

दलित महिला सदस्य भन्छन्: अझै समाजमा छुवाछूत गरिन्छ

टीकापुर नगरपालिकाका–३ का वडा सदस्य कमलादेवी विश्वकर्माले समाजमा जातकै कारण हुने छुवाछूत कायम रहेको बताएकी छन।

दलित आयोगमा ४२ उजुरी

चालु आर्थिक वर्षमा राष्ट्रिय दलित आयोगमा जातीय विभेद तथा हिंसाका ४२ वटा उजुरी परेको राष्ट्रिय दलित आयोगले जनाएको छ।

तेह्र बुँदे अपिल

ताप्लेजुङ जिल्लाका दलित राजनीतिक संगठनहरूले छुवाछुत तथा भेदभावजन्य प्रथा अन्त्यका लागि तेह्रबुँदे र सशक्तीकरणका लागि एघारबुँदे अपिल तथा योजना अघि सारेका छन्।

मधेस प्रदेशको नीति र बजेटमा दलित

आर्थिक वर्ष २०७७-७८ को आर्थिक सर्वेक्षणअनुसार मधेस प्रदेशमा १९.८ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छन्। यहाँको बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ। त्य

दलित महिलाको सहभागिता सुनिश्चित गर्न फेडोको माग

फेडो गण्डकीले समान कामको समान ज्याला सुनिश्चित गर्ने कानुनी व्यवस्था गर्न, महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गरी पुरुषसरह सम्मानपूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न तथा धर्म, जात, संस्कार, परम्परा, रीतिरिवाजका नाममा महिलामाथि हुने सबैखालका विभेदको अन्त्य गर्न पनि माग गरेको छ।

दलितमुखी बजेटमा मधेस प्रदेश अगाडि

सातवटा प्रदेश सरकारमध्ये सबैभन्दा बढी प्रदेश २ को सरकारले दलितमुखी बजेट ल्याउने गरेको दलितका विश्लेषकले औंल्याएका छन्। विगत १९ वर्षदेखि वार्षिक बजेटमा दलितमुखी कार्यक्रमको विश्लेषण गरिरहेका विज्ञ हिरा विश्वकर्माले एक समारोहबीच यस्तो औंल्याएका हुन्।

बलात्कार आरोपी पक्राउ गर्न जाँदा प्रहरी कुटिए

सोमबार विहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए।

विपन्न परिवारलाई खाद्यान्न सहयोग

कालिकोटको पचालझरना गाउँपालिका ४ का मोहनलाल न्यौपानेको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।अमेरिका निवासी अरुण बाँस्कोटाको आर्थिक सहयोग तथा प्रकृति केसीको समन्वयमा खाद्यान्न सहयोग गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्