२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दलित युवकको मृत्युबारे गहन अनुसन्धान गरिने

रौतहटको कटहरियामा मृत अवस्थामा फेला परेको युवकको मृत्युबारे गहन अनुसन्धान गरिने प्रहरीले जनाएको छ। कटहरिया नगरपालिका ८ पोखरियाबाट बलुवा जाने बाटोको छेउमा फेला परेको दलित युवकको मृत्युको विषयमा रौतहट प्रहरीले गहन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बुधवार बिहान करिब ७ बजेतिर कटहरिया नगरपालिका ९ डुमरियाका २० वर्षीय युवक तिमन भन्ने राम अनन्दी माझीको शव फेला परेको थियो।

घटनाको विषयमा अनुसन्धान भइरहेको र हालसम्म कसैलाई नियन्त्रणमा नलिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

प्रकाशित: ३१ श्रावण २०८० १६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App