१० मंसिर २०८१ सोमबार
image/svg+xml

चार मर्यादा पालक कोरोना पोजेटिभ, प्रदेश सभा बैठक स्थगित

प्रदेशसभा सचिवालयमा कार्यरत ४ जना मर्यादा पालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बिहीबार आव्हान गरिएको संसद् बैठक स्थगित गरिएको छ। प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरु भएको थियो।

थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ६ सय ३४

पछिल्लो २४ घण्टामा ३३४ जना कोरोनाका विरामी थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको हो। नयाँ संक्रमितमा ३१९ जना पुरुष र १५ जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यो सँगै कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ। अहिलेसम्म उपचार पछि निको भएर २९० जना घर फर्केका छन् भने १० जनाको मृत्यु भएको छ।

कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण

कपिलवस्तुमा १२ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै जिल्लामा संक्रमितको संख्या ४१४ पुगेको छ । थपिएका संक्रमितमा दुई पालिकाका तथा एक महिला र ११ पुरुष हुन् ।

खोटाङका थप तीन जनामा कोरोना संक्रमण पुष्टि

खोटाङका थप तीन जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । एक २० वर्षीय युवालाई कोरोना संक्रमण भएको पुष्टि भएको हलेसी तुवाचुङ नगरपालिकामा थप तीनजनालाई कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए ।

भारतमा एकैदिन ९ हजार भन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ। अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ।

कोरोना भाइरसबाट विश्वमा ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ३१७ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ८९ हजार २९१ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।

कोरोना जितेर फर्किए पत्रकार र प्रहरी

कलैया अस्थायी कोभिड अस्पतालबाट बिहिबार बिहान सात जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा जिल्ला प्रहरी कार्यालय कलैयामा कार्यरत ६ जना प्रहरी र एक जना पत्रकार रहेका छन् ।

कोरोना संक्रमित १९ जना कर्णाली प्रतिष्ठानको आइसोलेसनमा

कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण गरिएको एकीकृत क्वारेन्टिनमा पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका १९ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आइसोलेसनमा राखिएको छ । भारतबाट आएका १६ जना, सुरक्षाकर्मी दुई जना र एक जना स्वास्थ्यकर्मीलाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको हो ।

संक्रमित पुरुषको सम्पर्कमा रहेका ३० जनाको रिपोर्ट नेगेटिभ

बैतडीको पाटन नगरपालिका–८ का ३१ वर्षीय कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

'स्वास्थ्य आपतकाल' घोषणा गर्ने तयारीमा सरकार

पाँच दिनमै दोब्बर संख्यामा कोरोना संक्रमणमा वृद्धि भएसंगै नेपाल सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्ने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जनस्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद हुँदै संसदमा पुग्नेछ।

संक्रमित अस्पताल आउँदा गुनासो, फर्किंदा खुसी

रोजगारीको क्रममा भारत गएका झापाका कचनकवल गाउँपालिकाका ऐयुब मियाँ घर फर्किंदा निकै दिन सीमापारि अलपत्र परे। घरनजिकै आइपुग्दा पनि आफ्नो भूमिमा पाइला टेक्न नपाउँदा उनी निकै रिसाएका थिए।

जोखिम निम्त्याउँदै क्वारेन्टिन

संघीय सरकारले क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन मापदण्ड बनाए पनि स्थानीय तहले आफूखुसी क्वारेन्टिन निर्माण गरी मानिस राख्नाले ज्यान नै जोखिममा पर्ने खतार बढेर गएको छ।

कोरोना नियन्त्रणमा चुक्यो सरकार

सरकारको ध्यान संक्रमणसँग जुध्न आवश्यक व्यवस्थापकीय पक्षमा छैन, उल्टो विषयान्तर गरेर अकर्मण्यता छोप्ने र परिस्थिति आफ्नो अनुकूल बनाउन लकडाउनलाई उपयोग गर्ने नीतितिर अग्रसर छ।

क्वारेन्टिनभित्र ‘मूर्ति मानव !’

सरकारी मापदण्ड अनुसारको न्यूनतम सुविधा बारे जानकार नहुँदा पनि गाउँका क्वारेन्टिनमा स्थानीय ‘मूर्ति मानव’ जस्तै बसिरहेका छन् । सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४० स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा अहिलेसम्म ५४ हजार ७ सय ५७ जना मानिस आश्रय लिइरहेका छन् ।

कोरोनाको चपेटामा कपिलवस्तु : एक महिना नबित्दै ४०२ जनामा संक्रमण

गत बैशाख २५ गते जिल्लाको मायादेबी गाउपालिका स्थित छत्रपाली तिर्थादेबी उमाबिको क्वारेन्टिनमा रहेका २ जना युवामा जिल्लामै पहिलो पटक कोरोना संक्रमण देखियो । जेठ २१ गते साझ सम्य त्यो संख्या बढेर अहिले ४ सय २ जा पुगेको छ । एम महिना बित्न नपाउदै कपिलवस्तुमा कोरोना संक्रमितको संख्याले ४ सयको आकडा पार गरेको छ । वैशाखको दौश्रो साता देखि भारतमा लकडाउनको स्वारुप परिवर्तन गरिए पछि भारतमा रहेका नेपाली मजदुरहरू धमाधम नेपाल फर्किन थाले ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्