८ वैशाख २०८१ शनिबार
समाज

कोरोना जितेर फर्किए पत्रकार र प्रहरी

कोरोना जितेर डिस्चार्ज भएकाहरुलाई स्वागत गर्दे प्रजिय पण्डित, प्रहरी उपरीक्षक पगेनी लगाएतकाहरु। तस्बिर : नागरिक

कलैया अस्थायी कोभिड अस्पतालबाट बिहिबार बिहान सात जना   कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा जिल्ला प्रहरी कार्यालय कलैयामा कार्यरत ६ जना प्रहरी  र एक जना पत्रकार रहेका छन् ।  

पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि प्रहरी र पत्रकार गरेर सात जनालाई डिस्चार्ज गरिएको कलैया अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्र कुमार मण्डलले बताए । ‘५० जना  कोरोना संक्रमित उपचारको क्रममा रहेकामा सात जना निको भएर डिस्चार्ज भएका छन्,’ डा मण्डलले भने, ‘ अहिले ४३ जना संक्रमित उपचाररत छन्।

जेठ ३ गते देखि १२ गतेसम्म गरेर उनीहरू उपचारको लागि भर्ना भएका कलैया अस्थायी कोरोना अस्पतालले जनाएको छ।

गत जेठ ३ गते एक जना जवान, ११ गते प्रहरी नायब निरीक्षक सहित ४ जना र १२ गते प्रहरी निरिक्षक सहित दुई जना गरेर  सात जना प्रहरीहरू संक्रमित भए पछि उनीहरुलाई कलैयाको अस्थायी कोरोना अस्पताल गंगापुरमा भर्ना गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।

डिस्चार्ज हुनेमा एक जना प्रहरी निरीक्षक, एक जना प्रहरी नायब निरीक्षक र चार जना प्रहरी जवान रहेको उपरीक्षक पगेनीले बताए। भर्ना भएका मध्ये एक जना प्रहरीको रिपोर्ट नआएकोले उनी अस्पतालमै रहेको पगेनीले बताए। त्यसै गरि जेठ ५ गते पत्रकारमा पनि कोरोनाको संक्रमण देखिएपछि कलैयामा भर्ना गरिएको थियो ।  

कोरोना जितेर डिस्चार्ज भएकाहरूलाई बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, प्रहरी उपरीक्षक कृष्ण पगेनी र प्रहरी नायब उपरीक्षक गौतम मिश्रले अस्थायी कोरोना अस्पताल गंगापुर पुगेर स्वागत गरेका थिए।

प्रकाशित: २२ जेष्ठ २०७७ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App