२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

चार मर्यादा पालक कोरोना पोजेटिभ, प्रदेश सभा बैठक स्थगित

प्रदेशसभा सचिवालयमा कार्यरत ४ जना मर्यादा पालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बिहीबार आव्हान गरिएको संसद् बैठक स्थगित गरिएको छ। प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरु भएको थियो।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवका अनुसार चार जना मर्यादापालकमा कोरोना पोजिटिभ देखिएपछि बिहीबार ३ बजे बस्ने भनिएको संसद्को बैठक स्थगित गरिएको छ। यादवले नागरिकसँग भने,‘अर्को बैठक शुक्रबार १ बजेका लागि निर्धारण गरिएको छ।’ उनले प्रदेशसभामा कोरोना भाइरस पुष्टि भएका जनालाई आइसोलेसनमा उपचारका लागि लगिएको र प्रदेशसभालाई स्यानिटाइज गर्ने काम भइरहेको बताए।

प्रकाशित: २२ जेष्ठ २०७७ ११:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App