६ आश्विन २०८१ आइतबार
image/svg+xml

जोखिमबाट बच्न सुदूरपश्चिममा पूर्वतयारी

सुदूरपश्चिममा गत वर्षभन्दा ढिलो मनसुन प्रवेश गरेको सुदूरपश्चिममा यस वर्ष बाढीपहिरोको जोखिम बढी रहेको आकलन गरिएको छ।

राज्यमन्त्री बिमला प्रकरणः सकियो छानविन, प्रतिवेदन तयार गरिँदै

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीले एक महिला र नाबालिका माथि कुटपिट गरेको घटना माथि प्रदेश सरकारले छानविन पुरा गरेको छ।

नीति तथा कार्यक्रम र बजेटका लागि राय–सुझाव सङ्कलन

सन्धिखर्क नगरपालिकामा आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा सरोकारवालासँग राय-सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बाँकेलाई सन्तोषजनक बजेट

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमबाट निराशा भएको बाँकेमा आगामी आर्थिक वर्षको बजेटले भने केही राहत महसुस गराएको छ।

लुम्बिनी प्रदेशले ल्यायो ४२ अर्ब बढीको बजेट

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब बढीको बजेट ल्याएको छ। बुधबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख बजेट प्रस्तुत गरेका हुन्।

अधुरा योजना सम्पन्न गर्ने बजेट

कर्णाली प्रदेश सरकारले अधुरा योजना सम्पन्न गर्ने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले बजेटमा १३२ वटा क्रमागत योजना, अघिल्ला वर्षमा काम सुरु भएका तर बजेट अभावले पूरा हुन नसकेका योजनालाई प्राथमिकता दिएको छ।

लुम्बिनी प्रदेश सरकारको सहयोग: नारायणी आँखा अस्पतालमा 'फेको' मेशीन

लुम्बिनी प्रदेश सरकारको सहयोगमा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजकमा फेको मेशीन खरिद गरी ल्याइएको छ। मोतिबिन्दुको अत्याधुनिक प्रविधि अथवा कम्प्युटर प्रविधीबाट अप्रेशन गरी उपचारका लागि फेको मेशीन प्रेयाग गर्ने गरिन्छ।

गण्डकी प्रदेशः नीति तथा कार्यक्रम स्वास्थ्य केन्द्रित

गण्डकी प्रदेश सरकारले प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गर्न जोड दिनेगरी नीति तथा कार्यक्रम ल्याएको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम–२०७९/८० प्रस्तुत गर्दै प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गर्ने जनाएका हुन्।

गण्डकी प्रदेश सरकारः आगामी वर्ष उज्यालो अभियान पूरा गर्ने

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९/८० को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्युत खपत बढाई एलपी ग्यासको प्रयोग घटाउने उल्लेख गरेका छन्। उनले आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले उज्यालो अभियानलाई सम्पन्न गर्ने लक्ष्य लिएको बताए।

संघीयतालाई मजबुत बनाउने बजेट ल्याउन सुझाव

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीमा जुटेको गण्डकी प्रदेश सरकारले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरू सहितका विज्ञसँग छलफल गरेको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पदक जित्नेलाई नगद पुरस्कार

कर्णाली प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

बजेट निर्माणमा नागरिकसँग सुझाव

कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो वेबसाइटमा बजेट तर्जुमा कार्य प्रारम्भ भएको सूचना गर्दै त्यसलाई सहभागितामूलक बनाउन राय सुझावका लागि सरोकारवाला तथा विज्ञहरूलाई अनुरोध गरेको हो।

कर्णाली प्रदेश सरकारद्वारा सार्वजनिक बिदा थप

सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ। राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो। ऐतिहासिक दिनका रूपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ।

कर्णाली मन्त्रिपरिषद् बैठकः जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने निर्णय

कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारले हटायो संक्रामक तथा सरुवा रोग अस्पतालका पदाधिकारी

गण्डकी प्रदेश सरकारले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई हटाएको छ। विहीबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.कृष्णप्रसाद पौडेलसहित चारजना पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्