८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

लुम्बिनी प्रदेश सरकारको सहयोग: नारायणी आँखा अस्पतालमा 'फेको' मेशीन

लुम्बिनी प्रदेश सरकारको सहयोगमा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजकमा फेको मेशीन खरिद गरी ल्याइएको छ। मोतिबिन्दुको अत्याधुनिक प्रविधि अथवा कम्प्युटर प्रविधीबाट अप्रेशन गरी उपचारका लागि फेको मेशीन प्रेयाग गर्ने गरिन्छ।

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले मेशिन खरिदको अस्पताललाई लागि १९ लाख ४० हजार रुपैयाँ अनुदान सहयोग प्रदान गरेको छ।

स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सामुदायिक आँखा अस्पतालहरुको सवलीकरण र सहजीकरणका लागि प्रस्तावमा आधारित पुँजीगत अनुदान कार्यक्रम अन्तर्गत यस्तो सहयोग प्रदान गरेको आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताए।

निर्देशनालयको १९ लाख ४० हजार रुपैयाँ अनुदान सहयोग र अस्पतालको १५ लाख ३८ हजार २ सय ५३ गरी जम्मा ३४ लाख ७८ हजार २ सय ५३ मा फेको मेशिन खरिद गरिएको हो। छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजमा फेको मेशिन खरिद सँगसँगै सामाजिक परीक्षण कार्यक्रम पनि सम्पन्न भएको छ।

सामाजिक परीक्षण कार्यक्रम विभिन्न चरणमा गरिएको थियो। नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डाक्टर सुलक्ष्मी कटुवाल ले फेको मेशिनले मोतियाबिन्दुको शल्यक्रिया गर्दा हुने सहजता हुने बताइन्।

नेपाल नेत्रज्योति संघ, दाङ शाखाका सचिव तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका खरिद तथा गुणस्तर निर्धारण समितीका अध्यक्ष सुरेन्द्रबहादुर खड्काको अध्यक्षता, कृष्णनगर नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक आरतीदेबी चौधरी को प्रमुख आतिथ्यता तथा नेपाल नेत्रज्योति संघ, दाङ शाखाका सभापति कृष्णकुमार गिरी र कृष्णनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष शतिसकुमार हरिजनको विशिष्ट आतिथ्यतामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो।

प्रकाशित: २७ जेष्ठ २०७९ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App